भारत विरुद्ध थप प्रतिबन्ध लाग्ने सङ्केत

२०८२ श्रावण २२ बिहिवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको विषयमा अझै धेरै कुरा हुन बाँकी रहेको टिप्पणी गरेका छन् ।

एजेन्सी, २२ श्रावण । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको विषयमा अझै धेरै कुरा हुन बाँकी रहेको टिप्पणी गरेका छन् ।

 

भारतमाथि २५ प्रतिशत थप कर लगाउने घोषणा गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै ट्रम्पले भारतमाथि अन्य प्रतिबन्ध लगाउने संकेत गरेका हुन् ।

 

ह्वाइट हाउसको पत्रकार सम्मेलनमा, ट्रम्पलाई सोधिएको थियो, चीन लगायत धेरै देशहरूले रूसबाट तेल किनिरहेका छन्, त्यसो भए भारतलाई किन निशाना बनाइँदैछ ? यसको जवाफमा ट्रम्पले भने, 'केवल ८ घण्टा भएको छ । हेरौं अब के हुन्छ । तपाईंले धेरै कुराहरू हेर्न पाउनुहुनेछ । धेरै थप प्रतिबन्धहरू पनि देख्न सकिन्छ ।'

 

ट्रम्पले चीनमाथि पनि थप कर लगाउने कुनै योजना छ ? भन्ने प्रश्नको जवाफमा यो हुन सक्ने बताएका छन् ।

 

अर्कोतर्फ भारतले अमेरिकाले भारतमाथि थप कर लगाउने निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिकाले हालैका दिनहरूमा भारतको रूसबाट तेल आयातलाई लक्षित गरेको आरोप लगाउदै थप शुल्क लगाउने निर्णय गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ । 

 

विदेश मन्त्रालयले भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने स्पष्ट गरेको छ ।

 

यसअघि ट्रम्पले बुधबार साँझ एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भारत सरकारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रूसबाट तेल आयात गरिरहेकोले थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । 

 

यसअघि, उनले जुलाई ३० मा भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । अब अमेरिकाले भारतमाथि जम्मा ५० प्रतिशत कर लगाउने भएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार