भारतको उत्तरकाशीमा बाढीको वितण्डा, चार जनाको मृत्यु
२०८२ श्रावण २० मङ्गलवार
- मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।
काठमाडौँ: भारतको उत्तराखण्डको उत्तरकाशीमा मंगलबार बादल फाटेपछि आएको बाढीका कारण ठूलो क्षति भएको छ ।
सो घटनामा चार जनाको मृत्यु भएको छ भने ठुलो सम्पत्ति क्षति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।
धराली गाउँका स्थानीयले धेरै होटलहरू बगाएको र धरालीको सम्पूर्ण बजार ध्वस्त भएको बताएका छन् । सरकारले कुनै किसिमको चेतावनी जारी नगरिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । अहिले धेरै मानिसहरू बेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ ।
अहिले राहत र उद्धारको कार्य शुरु गरिएको र केन्द्र सरकारले पनि राहतका लागि टोलि पठाएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।