ब्राजिलका पूर्व राष्ट्रपति तथा गैऱ्ह-वामपन्थी नेता बोल्सोनारो घरमै नजरबन्द

२०८२ श्रावण २० मङ्गलवार
सारांश
  • अब यो नयाँ आदेश पछि, गैऱ्ह-वामपन्थी नेता बोल्सोनारोलाई कडा निगरानीमा राखिनेछ, परिवारका सदस्यहरू र वकिलहरूलाई मात्र उनलाई भेट्न अनुमति दिइनेछ ।

एजेन्सी, २० श्रावण । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ । 

 

२०२२ को चुनाव हारेपछि बोल्सोनारोमाथि कथित रूपमा विद्रोहको प्रयासको नेतृत्व गरेको आरोप छ ।

 

आदेश जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बोल्सोनारोले आफ्नो छोराको सामाजिक सञ्जाल च्यानलहरूमा सामग्री पोस्ट गरेर आफूमाथि लगाइएको सावधानी उपायहरू उल्लङ्घन गरेका आरोप लगाएका छन् ।

 

अभियोजकहरूले पूर्व राष्ट्रपति बोल्सोनारोले एक आपराधिक संगठनको नेतृत्व गरेको आरोप लगाएका छन् । साथै उनलाई राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसको हत्या गर्ने योजना सहित चुनाव उल्टाउने षड्यन्त्र गरेको समेत आरोप छ ।

 

पूर्व राष्ट्रपति बोल्सोनारो र उनका ३३ सहयोगीहरूलाई विद्रोहको षड्यन्त्र रच्ने, हिंसात्मक अपराध संगठनमा सामेल हुने, लोकतन्त्रलाई ध्वस्त पार्ने प्रयास गर्ने र सरकारी सम्पत्तिलाई क्षति पुर्‍याउने जस्ता गम्भीर आरोप लगाइएको छ। 

 

साथै बोल्सोनारोका पूर्व उपराष्ट्रपति जनरल ब्रागा नेटो पनि यस षड्यन्त्रमा संलग्न रहेको अभियोजकले उल्लेख गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

पछिल्लो आदेश गत महिना सर्वोच्च अदालतले दिएको आदेशपछि आएको हो, जसमा पूर्व राष्ट्रपति बोल्सोनारोलाई इलेक्ट्रोनिक एंकल मनिटर लगाउन आदेश दिइएको थियो । 

 

यसका साथै, कारबाहीको क्रममा उनको गतिविधिमा निगरानी राख्न केही प्रतिबन्धहरू लगाइएको थियो ।

 

अब यो नयाँ आदेश पछि, गैऱ्ह-वामपन्थी नेता बोल्सोनारोलाई कडा निगरानीमा राखिनेछ, परिवारका सदस्यहरू र वकिलहरूलाई मात्र उनलाई भेट्न अनुमति दिइनेछ । 

 

यस बाहेक, आदेश अन्तर्गत, रियो दि जेनेरियोमा रहेको उनको घरबाट सबै मोबाइल फोनहरू जफत गरिने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार