- युक्रेनले रूसको सोचीमा रहेको तेल डिपोमा ड्रोन आक्रमण गरेको छ । आक्रमणपछि डिपोमा ठूलो आगो लागेको थियो ।
एजेन्सी, १९ श्रावण । युक्रेनले रूसको सोचीमा रहेको तेल डिपोमा ड्रोन आक्रमण गरेको छ । आक्रमणपछि डिपोमा ठूलो आगो लागेको थियो ।
क्रास्नोदर क्षेत्रका गभर्नर भेनियामिन कोन्ड्राटयेभले ड्रोनको भग्नावशेष तेल ट्याङ्कीमा ठोक्किएपछि आगो लागेको थियो, जुन १२० भन्दा बढी अग्नि नियन्त्रकहरूले निभाउन लगाएका थिए ।
आक्रमणपछि रूसको नागरिक उड्डयन एजेन्सी रोसाभियाट्सियाले केही समयको लागि सोची विमानस्थलमा उडानहरू रोकेको थियो ।
रूसी रक्षा मन्त्रालयका अनुसार, रूसी सेनाले शनिबार रातिदेखि आइतबार बिहानसम्म रूस र कालो सागरमाथि ९३ युक्रेनी ड्रोनहरू खसालेको छ । रूसको भोरोनेज क्षेत्रमा अर्को युक्रेनी ड्रोन आक्रमणमा चार जना घाइते भएका छन् ।
अर्कोतर्फ, रुसले पनि युक्रेनमा निरन्तर मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ । युक्रेनी वायुसेनाको अनुसार, अगस्ट २, शनिबार राति, रुसले ७६ ड्रोन र ७ मिसाइल प्रहार गरेको थियो ।
यी मध्ये ६० ड्रोन र १ मिसाइल खसालिएको थियो। बाँकी १६ ड्रोन र ६ मिसाइल आठ फरक ठाउँमा खसेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’