दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरू चीनतर्फ आकर्षित

१९ श्रावण, २०८२, सोमवार
सारांश
  • दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूले चिनियाँ बजारहरूमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्।

एजेन्सी : विश्वव्यापी व्यापारमा देखिएको तनाव र अस्थिर अमेरिकी करका बाबजुद दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूको नजर चिनियाँ बजारमा देखिएको छ ।

 

दक्षिण कोरियाली जहाज उपकरण निर्माताहरूले चिनियाँ बजारहरूमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्।

 

दक्षिण कोरियाको दोस्रो ठूलो शहर बुसान पनि एक महत्त्वपूर्ण जहाज निर्माण शहर हो जहाँ लगभग ६० प्रतिशत साना र मध्यम आकारका जहाज निर्माताहरू छन् । उनीहरु चीनमा आफ्नो व्यापार विस्तारमा क्रियाशील छन् ।

 

चीनमा आफ्नो प्रतिस्पर्धा बढाउन कम्पनीहरुले एलएनजी, तरल प्राकृतिक ग्यास बोक्न कार्गो ट्याङ्की पनि विकास गरिरहेको बताएका छन् ।

 

‘चिनियाँ बजारमा पहुँच प्राप्त गर्नु भनेको विश्वव्यापी बजारमा पहुँच हो भन्ने कुरामा म पूर्ण रूपमा सहमत छु । हाल, चिनियाँ ग्राहकहरूसँग उत्पादन गुणस्तरको लागि धेरै आवश्यकताहरू छन्। हामी जस्ता कम्पनीहरूले लागत घटाउनु मात्र होइन, हाम्रो ब्रान्डको बजार पहिचान र प्रतिस्पर्धात्मकता बढाउनको लागि दोस्रो र तेस्रो पुस्ताका उत्पादनहरू पनि अपग्रेड गर्नुपर्छ,’ जहाज निर्माण कम्पनीका प्रवन्धक ली ग्युन–ह्युङले भने ।

 

कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा चीनमा १ करोड ७० लाख अमेरिकी डलर बराबरका उत्पादनहरू निर्यात गरेको छ । (सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार