यमनको तटमा डुङ्गा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको मृत्यु

१९ श्रावण, २०८२, सोमवार
सारांश
  • स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना यमनको दक्षिणी प्रान्त अब्यान नजिकै भएको हो ।

एजेन्सी, १९ श्रावण । यमनको तटमा खराब मौसमका कारण डुङ्गा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ । डुङ्गामा करिब १५० जना सवार थिए । 

 

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना यमनको दक्षिणी प्रान्त अब्यान नजिकै भएको हो ।

 

अब्यान सुरक्षा निर्देशनालयले तटीय क्षेत्रको ठूलो भागबाट धेरै शवहरू निकालिएको र खोजी कार्य जारी रहेको बताएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, मृतकहरूमध्ये अधिकांश इथियोपियाली नागरिकहरू रहेको र घटना हृदयविदारक भएको बताएको छ ।

 

यमन अफ्रिकाको हर्नबाट खाडी देशहरूमा यात्रा गर्ने आप्रवासीहरूको लागि एक प्रमुख मार्ग हो । अन्तर्राष्ट्रिय आप्रवासन संगठनले हालका महिनाहरूमा समुद्री दुर्घटनाहरूमा सयौं आप्रवासीहरू मरेका वा बेपत्ता भएको बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार