हार्वर्ड विश्वविद्यालयमा सी जिनपिङ विचारधाराको प्रवर्द्धन !
१९ श्रावण, २०८२, सोमवार
- अमेरिकी कांग्रेसको अनुसन्धानले हार्वर्डले एक दशकभन्दा बढी समयदेखि चीनको कम्युनिष्ट पार्टीसँग सम्बन्धित संस्थाहरूसँग औपचारिक साझेदारी कायम राखेको खुलासा गरेको छ ।
एजेन्सी, १९ श्रावण । अमेरिकाको सबैभन्दा प्रतिष्ठित शैक्षिक संस्था हार्वर्ड विश्वविद्यालय ठूलो विवादमा फसेको छ । अमेरिकी कांग्रेसको अनुसन्धानले हार्वर्डले एक दशकभन्दा बढी समयदेखि चीनको कम्युनिष्ट पार्टीसँग सम्बन्धित संस्थाहरूसँग औपचारिक साझेदारी कायम राखेको खुलासा गरेको छ । यी सम्बन्धहरू मार्फत, हार्वर्डलाई चीनका भावी नेताहरूलाई तालिम दिन मद्दत गरेको आरोप लगाइएको छ ।
यस अवस्थामा, अमेरिकी सांसद जोन मोल्नार, टिम वालबर्ग र एलिस स्टेफानिकले एक पत्र मार्फत हार्वर्डले चीनको सत्तारूढ दलको केन्द्रीय संगठन विभागसँग नजिकबाट काम गरेको आरोप लगाउदै यो सी जिनपिङ विचारधाराको प्रवर्द्धन र चिनियाँ नेतृत्वको छनोटमा सहयोगी को भूमिका खेलेको उल्लेख गरेका छन् । विशेष गरी, हार्वर्डको केनेडी स्कूल र चिनियाँ सरकारी संस्था, नेतृत्व एकेडेमी बीच लामो समयदेखि सहकार्य रहेको थियो ।
चिनियाँ सरकारी संस्थाका अधिकारीहरूलाई आधिकारिक प्रशिक्षणको लागि हार्वर्ड पठाइएको थियो । ह्विसलब्लोअरको बयानमा यी कार्यक्रमहरू मार्फत, चीनले अमेरिकामा आफ्ना अधिकारीहरूलाई तालिम दिने अवसर पाएको छ, जुन अमेरिकी नीति र समाजमा विदेशी प्रभावको प्रत्यक्ष खतरा भएको उल्लेख छ ।
यी खुलासाहरू यस्तो समयमा भएका हुन्, जब हार्वर्डले क्याम्पसमा यहूदी-विरोधी घटनाहरू र विवादास्पद विविधता, समानता, समावेशीकरण नीतिहरूको बारेमा अनुसन्धानको सामना गरिरहेको छ । अप्रिलमा, एक रिपोर्टले हार्वर्डले सिनजियाङ उत्पादन र निर्माण कोर्प्सका अधिकारीहरूलाई पनि तालिम दिएको थियो, जसलाई उइघुर मुस्लिमहरूको नरसंहारमा संलग्न भएको आरोप लगाइएको छ ।
कांग्रेस, अर्थात् अमेरिकी संसदले हार्वर्डलाई अगस्ट ७ सम्ममा चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्धित सबै सम्बन्ध, लेनदेन र साझेदारीको पूर्ण विवरण प्रदान गर्न भनेको छ । सांसदहरूले हार्वर्डले यस विषयमा पूर्ण पारदर्शिता नदेखाएमा यसको कर छुट स्थिति खारेज हुन सक्ने चेतावनी दिएका छन् । यो विषय अब नैतिकता वा कानूनको उल्लङ्घन मात्र होइन, तर राष्ट्रिय सुरक्षासँग सम्बन्धित मुद्दा बनेको छ ।
हार्वर्ड जस्तो शीर्ष अमेरिकी विश्वविद्यालयले जानाजानी चीनको अधिनायकवादी शक्तिको हितमा काम कसरी गरेको छ ? भन्ने प्रश्न उठेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।