रुसमा लगातार दोस्रो दिन पनि भूकम्प

२०८२ श्रावण १५ बिहिवार
सारांश
  • रुसको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, यसको गहिराइ १० किलोमिटर थियो । यसअघि बुधबार कुरिल टापुहरू नजिकैको समुद्रमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जुन अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली भूकम्पहरूमध्ये छैटौं नम्बरमा छ ।

काठमाडौँ : रुसमा लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । बिहीबार बिहान रुसको पूर्वी क्षेत्रको कुरिल टापुहरूमा गएको यस भूकम्पको म्याग्निच्युड ६.५ छ ।

 

रुसको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, यसको गहिराइ १० किलोमिटर थियो । यसअघि बुधबार कुरिल टापुहरू नजिकैको समुद्रमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जुन अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली भूकम्पहरूमध्ये छैटौं नम्बरमा छ ।

 

८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीका छालहरू रूस, जापान, चीन र अमेरिका पुगेका थिए । रुसमा यी छालहरू ४ मिटर अग्ला थिए भने अमेरिकामा १ मिटर अग्ला थिए । बुधबार सो क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यसबाहेक कामचटकामा भूकम्पपछि ज्वालामुखी पनि विस्फोट भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार