हवाईमा ठुलो सुनामी नआउने, सुरक्षित स्थानमा गएकालाई घर फर्किन अनुमति
२०८२ श्रावण १४ बुधवार
- प्यासिफिक सुनामी चेतावनी केन्द्रले सुनामीको स्तरमा डाउनग्रेड गरिएको बताउदै घर फर्किन सक्ने सल्लाह दिएको सिएनएनले उल्लेख गरेको छ ।
काठमाडौँ : अमेरिकाको हवाईमा सुनामी आउने चेतावनी पछि घर छोडेकाहरुलाई घर फर्किन सक्ने सुझाव दिइएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले सुनामीको स्तरमा डाउनग्रेड गरिएको बताउदै घर फर्किन सक्ने सल्लाह दिएको सिएनएनले उल्लेख गरेको छ ।
केन्द्रले ठूलो सुनामी आउने अपेक्षा नगरिएको बताउदै घर छोडेकाहरु फर्कन सक्ने बताएको छ । केन्द्रले केही क्षेत्रहरूमा बाढीको अवस्था हेरेर गाडी चलाउन र सुरक्षित रहन सल्लाह दिएको छ ।
बुधबार बिहान रूसको दुर्गम सुदूर पूर्वी तटमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प अहिलेसम्मकै छैटौं सबैभन्दा शक्तिशाली भूकम्प रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । यो भूकम्पपछि रुस, जापान, अमेरिकालगायतका तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।