अमेरिका र युरेपेली युनियनको व्यापार सम्झौतामा फ्रान्सको असन्तुष्टि
१३ श्रावण, २०८२, मङ्गलवार
- अर्कोतर्फ जर्मन चान्सलर फ्रेडरिक मेर्ट्ज र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले यस सम्झौताको स्वागत गरेका छन् ।
काठमाडौँ, १३ श्रावण । फ्रान्सले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयन बीचको व्यापार सम्झौताको आलोचना गरेको छ । फ्रान्सेली प्रधानमन्त्री फ्रान्कोइस बेरोले यसलाई इयुको लागि कालो दिन भनेका छन् ।
बेरोले राष्ट्रपति ट्रम्पको बढ्दो ट्यारिफ दबाबको अगाडि इयु झुकेको टिप्पणी गरेका छन् । उनले भनेका छन्- 'स्वतन्त्र देशहरूको गठबन्धन, जुन उनीहरूको साझा मूल्य र हितको रक्षा गर्न निर्माण गरिएको थियो, दबाबमा झुक्दा यो दुःखद हुन्छ ।'
फ्रान्सका युरोपेली मामिला मन्त्री बेन्जामिन हदादले यस विषयमा इयुले स्पष्ट गर्नुपर्ने भन्दै यो ठिक नभएको बताएका छन् । त्यसैगरी फ्रान्सका व्यापार मन्त्री लरेन्ट सेन्ट मार्टिनले ट्रम्पले पावरको भाषा मात्र बुझ्ने भन्दै युरोपले पहिले सदस्य देशको राय लिएर सम्झौता गर्नुपर्नेमा त्यसो नगरेको बताएका छन् । यद्यपि, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन यस विषयमा मौन रहेका छन्।
अर्कोतर्फ जर्मन चान्सलर फ्रेडरिक मेर्ट्ज र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले यस सम्झौताको स्वागत गरेका छन् । युरोपेली व्यापार आयुक्त मारोश सेफकोभिचले यसलाई 'ठूलो कदम' भनेका छन् ।
यस सम्झौता अन्तर्गत, युरोपबाट अमेरिका जाने धेरैजसो सामानहरूमा १५ प्रतिशत कर लगाइनेछ, जुन हालको ४.८ प्रतिशत भन्दा तीन गुणा बढी हो । सम्झौताको विवरण अनुसार, युरोपका ७० प्रतिशत सामानहरूमा १५ प्रतिशत कर लाग्ने भएको छ । यसमा कार, औषधि र इलेक्ट्रोनिक्स समावेश छन् ।
यद्यपि, विमानका पार्टपुर्जा, केही रसायन, अर्धचालक उपकरण र कर्क जस्ता केही कृषि उत्पादनहरूमा कुनै कर लाग्नेछैन। औषधिहरूमा अहिलेसम्म कुनै कर लाग्नेछैन तर भविष्यमा, यो १५ प्रतिशत भन्दा बढी हुनेछैन । आगामी तीन वर्षमा, इयुले अमेरिकाबाट ७५० अर्ब डलरको ऊर्जा किन्नेछ । साथै, इयुले अमेरिकामा ६०० अर्ब डलर लगानी गर्ने सहमति भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।