युक्रेनमा रुसको पछिल्लो आक्रमणमा २२ जनाको मृत्यु

२०८२ श्रावण १३ मङ्गलवार
सारांश
  • युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणपूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा अवस्थित जेलमा रूसी हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । जापोरिजियामा भएको रातभरको आक्रमणले नजिकैका घरहरूलाई पनि क्षति पुर्‍याएको छ । यस अवधिमा, रूसी सेनाले एयर-ग्लाइड बमबाट आठ आक्रमणहरू गरेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

काठमाडौँ : रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । 

 

युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणपूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा अवस्थित जेलमा रूसी हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । जापोरिजियामा भएको रातभरको आक्रमणले नजिकैका घरहरूलाई पनि क्षति पुर्‍याएको छ । यस अवधिमा, रूसी सेनाले एयर-ग्लाइड बमबाट आठ आक्रमणहरू गरेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जेलमा 'जानाजानी गरिएको आक्रमण' को निन्दा गरे र रूसलाई युक्रेनीहरूलाई मारेको आरोप लगाएका छन् ।

 

जापोरिजिया युक्रेनको चार पूर्वी क्षेत्रहरू मध्ये एक हो । रूसले २०२२ देखि यसलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ, यद्यपि यो क्षेत्र धेरै हदसम्म युक्रेनी नियन्त्रणमा छ । युक्रेनको न्याय मन्त्रालयले जेलमा चार बम विस्फोट भएको बताएको छ । भोजन कक्ष, प्रशासनिक मुख्यालय र क्वारेन्टाइन क्षेत्र ध्वस्त भएको छ ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग सम्झौता गर्न रुसलाई १०-१२ दिनको नयाँ समय सीमा दिएपछि यो भिषण आक्रमण भएको छ ।

 

ट्रम्पले युक्रेनसँग सम्झौता गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको ५० दिनको समयसीमा घटाइएको बताएका थिए तर रुसले ट्रम्पको सो चेतावनीलाई बेवास्ता गरेको छ ।

 

ट्रम्पले पुटिनले रुससँग सम्झौता नगरेमा रुसलाई सतप्रतिशत कर लगाउने र अन्य प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । ट्रम्पले राष्ट्रपति बनेपछि पुटिनको प्रसंशा गर्दै युक्रेनी राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीको आलोचना गरेका थिए । उनले ह्वाइटहाउसमै जेलेन्स्की अपमान समेत गरेका थिए । तर पुटिन युक्रेन युद्ध रोक्न सहमत नभएपछि अब ट्रम्पले कर लगाउने र प्रतिबन्धको चेतावनी दिएका छन् । त्यस्तै उनले युक्रेनलाई हतियारको सहयोग सुचारु गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार