थाइल्याण्ड र कम्बोडियाबीच जारी सैन्य द्वन्द्व रोक्न ट्रम्पको चेतावनी
२०८२ श्रावण ११ आईतवार
- थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम भेचायचाईले ट्रम्पलाई धन्यवाद दिँदै थाइल्याण्ड युद्धविराममा सिद्धान्ततः सहमत छ, तर कम्बोडियाबाट इमान्दार मनसाय हेर्न चाहेको बताएका छन् ।
काठमाडौँ: अमेरिकाको हस्तक्षेपपछि थाइल्याण्ड र कम्बोडियाबीच जारी सैन्य द्वन्द्व अन्त्य हुने सम्भावना देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन दिनको सैन्य झडपपछि दुवै देशका नेताहरू युद्धविरामको लागि तुरुन्तै भेट्न सहमत भएको बताएका छन् । यी झडपहरूमा दुवै देशमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ भने एक लाख ३० हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
ट्रम्पले कम्बोडिया र थाइल्याण्डका नेताहरूसँग छुट्टाछुट्टै कुरा गरेको बताउदै दुवै नेताहरूलाई द्वन्द्व जारी राखेमा दुवैसँग व्यापार सम्झौतामा प्रवेश नगर्ने चेतावनी दिएको बताएका छन् । हाल स्कटल्याण्ड भ्रमणमा रहेका ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्- 'दुबै पक्ष तत्काल युद्धविराम र शान्ति चाहन्छन् । उनीहरू तुरुन्तै भेट्न र युद्धविराम र अन्ततः शान्ति स्थापना गर्न सहमत भएका छन्। दुवै देश 'व्यापार वार्ता टेबल' मा फर्कन चाहन्छन् ।'
अमेरिकामा आयातमा व्यापक शुल्क लगाउने घोषणाको अंशको रूपमा, उनीहरूले अगस्ट १ सम्ममा धेरै देशहरूसँग छुट्टाछुट्टै सम्झौता गर्ने प्रयास गरिरहेका छन् । ट्रम्पले भने, 'सबै कुरा सकिएपछि र शान्ति स्थापित भएपछि, म दुवै देशहरूसँगको मेरो व्यापार सम्झौतालाई अन्तिम रूप दिन तत्पर छु।'
थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम भेचायचाईले ट्रम्पलाई धन्यवाद दिँदै थाइल्याण्ड युद्धविराममा सिद्धान्ततः सहमत छ, तर कम्बोडियाबाट इमान्दार मनसाय हेर्न चाहेको बताएका छन् ।
कम्बोडिया र थाइल्याण्डबीच हालै भएको सैन्य झडप दक्षिणपूर्वी एसियाली छिमेकीहरूबीच १३ वर्षमा सबैभन्दा खराब द्वन्द्व हो । थाइल्याण्डको त्राट प्रान्त र कम्बोडियाको पुरसत प्रान्तमा शनिबार झडप तीव्र भएको छ, जसले गर्दा प्रारम्भिक द्वन्द्व क्षेत्रबाट १०० किलोमिटरभन्दा बढी टाढा नयाँ मोर्चा खोलिएको छ । थाइल्याण्डले शनिबारसम्म ७ सैनिक सहित २० जनाको मृत्यु भएको बताएको छ। कम्बोडियाले ५ सैनिक र ८ सर्वसाधारण सहित १३ जनाको मृत्यु भएको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’