भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु

२०८२ श्रावण ११ आईतवार
सारांश
  • भागदौडको ३० जनाभन्दा बढी घाइते भएको र घटनाको विस्तृत विवरण आउनेक्रममा रहेको छ ।

काठमाडौँ: भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको मनसा देवी मन्दिरमा भागदौड भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

भागदौडको ३० जनाभन्दा बढी घाइते भएको र घटनाको विस्तृत विवरण आउनेक्रममा रहेको छ ।

 

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुख व्यक्त गर्दै भनेका छन्- 'हरिद्वारको मनसा देवी मन्दिरमा भएको भागदौडको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । उत्तराखण्ड एसडीआरएफ, स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र राहत र उद्धार कार्यमा संलग्न छन् । म यस सम्बन्धमा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर निगरानी भइरहेको छ। म सबै भक्तजनहरूको सुरक्षाको लागि प्रार्थना गर्दछु ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार