प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा अस्वीकार

२०८२ श्रावण ९ शुक्रवार
सारांश
  • राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार देशले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने घोषणा गरेका थिए ।

काठमाडौँ: अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको प्यालेस्टाइन सम्बन्धी निर्णयलाई 'कडा रूपमा अस्वीकार' गरेको छ । अमेरिकाले म्याक्रोनको निर्णयले 'हमासको प्रचारलाई मात्र बढावा दिन्छ' भनेको छ ।

 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्- 'संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने इमानुएल म्याक्रोनको योजनालाई अमेरिकाले कडा रूपमा अस्वीकार गर्दछ ।' उनले अगाडी भनेका छन्- 'यो गैरजिम्मेवार निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिन्छ र अशान्ति बढाउनेछ । यो अक्टोबर ७ को आक्रमणका पीडितहरूको अनुहारमा थप्पड जस्तै हो ।'

 

राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार देशले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने घोषणा गरेका थिए । राष्ट्रपति म्याक्रोनले यसको औपचारिक घोषणा न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिने बताएका छन् ।

 

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोनको निर्णयको स्वागत गरे, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै आतंकवादलाई पुरस्कृत गर्नु बराबर भएको टिप्पणी गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार