अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा, मह उद्योगहरु प्रभावित

२०८२ श्रावण ०८ बिहीवार
सारांश
  • लाई ९ मा, ट्रम्पले अगस्ट १ देखि ब्राजिलबाट आयात हुने सबै सामानहरूमा ५० प्रतिशत भन्सार लगाउने योजनाको घोषणा गरेका थिए । जसले ब्राजिलियन मह उद्योगमाथि छायामा पारेको छ । ८० प्रतिशतभन्दा बढी जैविक मह अमेरिकामा निर्यात हुँदै आएको थियो ।

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने धम्की दिएपछि त्यसको असर देखिन थालेको छ ।

 

जसका कारण आपूर्तिकर्ताहरूले ढुवानी रोक्न बाध्य भएका छन्। साथै ब्राजिलको मह उद्योग अनिश्चिततासँग जुधिरहेको छ।

 

जुलाई ९ मा, ट्रम्पले अगस्ट १ देखि ब्राजिलबाट आयात हुने सबै सामानहरूमा ५० प्रतिशत भन्सार लगाउने योजनाको घोषणा गरेका थिए । जसले ब्राजिलियन मह उद्योगमाथि छायामा पारेको छ । ८० प्रतिशतभन्दा बढी जैविक मह अमेरिकामा निर्यात हुँदै आएको थियो ।

 

देशको उत्तरपूर्वी राज्य पिआउईमा रहेको पिकोस मह उत्पादनको केन्द्र हो। अमेरिकी नीतिले उक्त क्षेत्र बढी प्रभावित छ । यतिबेला पिकोसका गोदामहरू अमेरिकी बजारको लागि तयार गरिएका महका ब्यारेलहरूले भरिएका छन्। महले गुणस्तर नियन्त्रण परीक्षणहरू पास गरे पनि ढुवानीहरू रोकिएका छन्।

 

पिकोसबाट महका ब्यारेलहरू अमेरिका पठाउनुअघि ५०० किलोमिटरभन्दा बढी बन्दरगाह शहर फोर्टालेजामा ढुवानी गर्नुपर्छ । जसका लागि १५ देखि २५ दिन यात्राको समय लाग्छ। शुल्क घोषणा हुनुभन्दा अघि बन्दरगाहमा पुगेका ब्यारेलहरू पनि अवरुद्ध भएका छन्।(सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार