उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना ःमृत्यु हुनेको संख्या ३८ पुग्यो

२०८२ श्रावण ०४ आईतवार
सारांश
  • उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद घटना भएको हो ।

काठमाडौं: उत्तरी भियतनामको क्वाङ निन्ह प्रान्तको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३८ जनाको मृत्यु भएको छ ।


उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए ।


क्वाङ निन्ह प्रान्तका स्थानीय अधिकारीहरूले दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरेका थिए । अहिलेसम्म १२ जनालाई जिवितै उद्धार गरिएको छ भने खोज र उद्धार प्रयास जारी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार