- “प्रत्येक प्रतिबन्धले रुसको युद्ध गर्ने क्षमतालाई कमजोर बनाउँछ । सन्देश स्पष्ट छः युरोप युक्रेनको समर्थनमा पछि हट्नेछैन । रुसले आफ्नो युद्ध अन्त्य नगरेसम्म इयूले दबाब बढाउँदै जानेछ ।
युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली सङ्घ (इयू) का सदस्य राष्ट्रहरूले शुक्रबार रुसमाथि नयाँ प्रतिबन्ध लगाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सन् २०२२ मा रुसले गरेको आक्रमणपछि रुसविरुद्ध १८ औं चरणको आर्थिक सजायको प्रस्तावलाई स्लोभाकियाको ब्रसेल्ससँगको वार्तापछि हप्तौ लामो प्रतिबन्ध हटाएपछि अनुमोदन गरिएको थियो ।
इयूका विदेश नीति प्रमुख काजा कल्लासले भने, “इयूले रुसविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध प्याकेज स्वीकृत गरेको छ ।”
“प्रत्येक प्रतिबन्धले रुसको युद्ध गर्ने क्षमतालाई कमजोर बनाउँछ । सन्देश स्पष्ट छः युरोप युक्रेनको समर्थनमा पछि हट्नेछैन । रुसले आफ्नो युद्ध अन्त्य नगरेसम्म इयूले दबाब बढाउँदै जानेछ ।
स्लोभाकियाका रुसमैत्री नेता रोबर्ट फिकोले सन् २०२७ को अन्त्यसम्ममा रुसी आयात कटौती गर्ने प्रयास गरिरहँदा ब्रसेल्सबाट ग्यासको मूल्यको ‘सुनिश्चितता’ पाएपछि आफ्नो विरोध फिर्ता लिएका छन् ।
कूटनीतिज्ञहरूका अनुसार रुसको युद्ध कमजोर पार्न तयारी गरिएको नयाँ प्रतिबन्धको एक भागको रूपमा इयूले विश्वका तेस्रो देशहरूमा निर्यात हुने रूसी तेलको मूल्य सीमा बजार मूल्यभन्दा १५ प्रतिशत कम गर्न सहमत भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो योजनाअनुसार अघि बढ्न युरोपेली सङ्घका सहयोगीहरूले सहमत गराउन नसके पनि यो कदम चालिएको हो ।
यो सीमा जी–७ को एक पहल हो र यसको उद्देश्य चीन र भारतजस्ता विश्वका देशहरूमा तेल निर्यात गरेर रूसले कमाएको रकमलाई सीमित गर्नु हो ।
सन् २०२२ मा जी–७ ले ६० अमेरिकी डलर तोकेको तेलको मूल्य सीमा मस्कोले विश्वभरि तेल बेच्न सक्ने मूल्यलाई सीमित गर्न रूससँग काम गर्ने सिपिङ फर्म र बीमा कम्पनीहरूलाई उक्त रकमभन्दा बढी निर्यात गर्न प्रतिबन्ध लगाउने गरी बनाइएको हो ।
बेलायत र क्यानडाजस्ता जी–७ का सहयोगी राष्ट्रको समर्थन प्राप्त गर्ने अपेक्षा गरिएको नयाँ इयू योजनाअन्तर्गत नयाँ स्तर ४७.६ अमेरिकी डलरबाट सुरु हुनेछ र भविष्यमा तेलको मूल्यमा परिवर्तन हुँदा यसलाई समायोजन गर्न सकिनेछ ।
अधिकारीहरूका अनुसार इयूले तेल निर्यातमा प्रतिबन्ध लगाउन रुसले प्रयोग गर्ने पुराना ट्याङ्करहरूको ’स्याडो फ्लीट’मा थप १०० भन्दा बढी जहाजहरूलाई कालोसूचीमा राख्न लागेको छ।
निष्क्रिय बाल्टिक सागर ग्याँस पाइपलाइन नोर्ड स्ट्रीम १ र २ लाई फिर्ता ल्याउनबाट रोक्नका लागि पनि नयाँ प्रतिबन्धका उपायहरू ल्याइएको छ ।
इयूले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको मस्कोको सम्बन्धलाई रोक्न चाहन्छ । त्यसैले भारतमा रूसी स्वामित्वको तेल प्रशोधन केन्द्र र दुई चिनियाँ बैंकहरूमा प्रतिबन्ध लगाइनेछ ।
त्यहाँ रूसी बैंकहरूसँग लेनदेनमा विस्तारित लेनदेन प्रतिबन्ध र युक्रेनमा युद्धभूमिमा प्रयोग गर्न सकिने ‘दोहोरो–प्रयोग’ का वस्तुहरूको निर्यातमा थप प्रतिबन्धहरू पनि छन्।
नयाँ प्रतिबन्धलाई इयूका मन्त्रीहरूले शुक्रबार औपचारिक रूपमा अनुमोदन गर्नेछन् ।
फ्रान्सले युक्रेनमा जारी युद्धलाई लिएर रुसमाथि इयूले शुक्रबार लगाएको नयाँ चरणको प्रतिबन्ध कुनै उदाहरण नभएको र यसले मस्कोलाई युद्धविराम गर्न बाध्य पार्ने बताएको छ ।
रुसी विदेशमन्त्री ज्याँ नोएल बारोटले भने, “संयुक्त राज्य अमेरिकासँग मिलेर हामी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धविरामका लागि बाध्य पार्नेछौं।”
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नयाँ प्रतिबन्धलाई आवश्यक र समयसापेक्ष भनेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’