रुस–युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी
२०८२ श्रावण २ शुक्रवार
- रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका तीन बस्तीहरू – डोनेट्स्क क्षेत्रको पोपोभ यार, जापोरिझिया क्षेत्रको कामियान्स्के र खार्किभ क्षेत्रको डेगत्यार्ने नियन्त्रणमा लिएको दाबी गरेको छ ।
एजेन्सी : रुस र युक्रेनले एकअर्काको ड्रोन खसालेको दाबी गरेका छन्। बिहीबार दुई देशको छुट्टाछुट्टै ब्रिफिङमा ठूलो सफलता हासिल गरेको समेत बताएका छन् ।
रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका तीन बस्तीहरू – डोनेट्स्क क्षेत्रको पोपोभ यार, जापोरिझिया क्षेत्रको कामियान्स्के र खार्किभ क्षेत्रको डेगत्यार्ने नियन्त्रणमा लिएको दाबी गरेको छ ।
रूसी वायु रक्षा प्रणालीले विभिन्न स्थानहरूमा १२२ युक्रेनी ड्रोनहरू खसालेको बताएको हो । युक्रेनी वायुसेनाका अनुसार रूसी सेनाले युक्रेनमा ६४ वटा ड्रोन प्रहार गरेको छ । तर युक्रेनी सेनाले ३६ वटा ड्रोन खसालेको दाबी गरेको छ ।
युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सोही दिन युद्धभूमिको अद्यावधिक जानकारी दिंदै एक दिनमा फ्रन्टलाइन क्षेत्रमा १६० लडाईंहरू भएका छन्।
युक्रेनी वायुसेना, क्षेप्यास्त्र बल र तोपखानाले रुसी कर्मचारी, हतियार र सैन्य उपकरणहरू केन्द्रित रहेका १२ क्षेत्रहरूमा प्रहार गरेको बताइएको छ।(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।