रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण
२०८२ असार २७ शुक्रवार
- रुसको रक्षा मन्त्रालयले बिहीबार आफ्नो सेनाले विगत २४ घण्टामा लामो दूरीका हतियार र ड्रोनहरू प्रयोग गरेर युक्रेनी सैन्य हवाई क्षेत्रमा ठूलो मात्रामा आक्रमण गरेको जनाएको हो ।
एजेन्सी : रुसी सेनाले युक्रेनी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको जनाएको छ । युक्रेनले पनि रुसले कीभ र अन्य स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको बताएको छ।
रुसको रक्षा मन्त्रालयले बिहीबार आफ्नो सेनाले विगत २४ घण्टामा लामो दूरीका हतियार र ड्रोनहरू प्रयोग गरेर युक्रेनी सैन्य हवाई क्षेत्रमा ठूलो मात्रामा आक्रमण गरेको जनाएको हो ।
रुसी सेनाले खार्किभ, डोनेट्स्क, निप्रोपेट्रोभ्स्क र अन्य क्षेत्रहरूमा युक्रेनी सेनाले गरेका धेरै आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ । युक्रेनी सेनाको ठूलो मात्रामा सैन्य उपकरणहरू नष्ट भएको रुसको दाबी छ ।
रुसी रक्षा मन्त्रालयले सोही दिन निकोलाभ क्षेत्रमा रहेको युक्रेनी तैनाथी स्थलमा रुसी सेनाले मिसाइल प्रहार गरेको भिडियो पनि जारी गरेको थियो।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बिहीबार रुसले किभ र अन्य स्थानहरूमा १० घन्टासम्म हवाई आक्रमण गरेको बताए ।
युक्रेनी वायुसेनाले सामाजिक सञ्जालमा पोस्ट गर्दै युक्रेनका आठ स्थानहरू हवाई आक्रमणबाट प्रभावित भएको जानकारी दिएको छ। युक्रेनको वायु रक्षा बलले ३८२ हवाई लक्ष्यहरूलाई अवरुद्ध गरेको थियो। युक्रेनमा ठूलो मात्रामा हवाई आक्रमण भएको यो लगातार दोस्रो दिन थियो। (सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’