ब्राजिलमा फैलियो बीवाइडी, ल्याटिन अमेरिकाभर विस्तार गरिने
२०८२ असार २२ आईतवार
- हालै ब्राजिलमा रहेको आफ्नो नयाँ प्लान्टबाट पहिलो बीवाइडीका इलेक्ट्रिक कारहरू सार्वजनिक गरेको हो । हाल कम्पनीका सवारी साधनहरू अझै पनि प्रायः चीनबाट एसेम्बल हुने गरेका थिए । तर बीवाइडीले समयसँगै स्थानीय उत्पादन र पार्टपुर्जा सोर्सिङलाई निरन्तर बढाउने योजना अनुरुप ब्राजिलमा काम सुरु गरेको हो ।
एजेन्सी : चिनियाँ अटो ब्रान्ड बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा विस्तार गरेको छ । पहिलो पटक ब्राजिल निर्मित कारहरू सार्वजनिक गर्दै बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा डेब्यू गराएको हो ।
हालै ब्राजिलमा रहेको आफ्नो नयाँ प्लान्टबाट पहिलो बीवाइडीका इलेक्ट्रिक कारहरू सार्वजनिक गरेको हो । हाल कम्पनीका सवारी साधनहरू अझै पनि प्रायः चीनबाट एसेम्बल हुने गरेका थिए । तर बीवाइडीले समयसँगै स्थानीय उत्पादन र पार्टपुर्जा सोर्सिङलाई निरन्तर बढाउने योजना अनुरुप ब्राजिलमा काम सुरु गरेको हो ।
‘हामी स्थानीय अधिकारीहरू र उद्योगहरूसँग नजिकबाट काम गरिरहेका छौं । ताकि उनीहरूलाई अद्यावधिक प्रविधिहरू प्राप्त गर्न मद्दत गर्न सकियोस् । र हामी १५० भन्दा बढी स्थानीय विक्रेताहरूलाई हाम्रो आपूर्तिकर्ता हुन योग्य बनाउने प्रक्रियामा छौं,’ बीवाइडीका कार्यकारी उपाध्यक्ष स्टेला ली ले भने ।
कार सार्वजनिकसँगै ब्राजिलले चीन र चिनियाँ व्यापारसँग निर्माण गरिरहेको बलियो सम्बन्धमा एउटा कोसेढुङ्गा भएको दाबी गरिएको छ । बीवाइडीले सबैभन्दा बढी विक्री हुने गरेको शहरी इभी डल्फिन मोडल हुँदै अब सङप्रो र बीवाइडी किङ विस्तार गर्नेपनि जनाएको छ ।
कम्पनीका ब्राजिल अध्यक्ष टायलर लीका अनुसार अन्य देशहरूमा निर्यात गर्न सवारी साधनहरू उत्पादन गर्ने साथै केही मोडेलहरू विशेष रूपमा डिजाइन गरिनेछ ।
अमेरिकी अटोमेकर फोर्डले प्रयोग गर्ने साइट अधिग्रहण गरेपछि मार्च २०२४ मा बीवाइडीले आफ्नो काम सुरु गरेको थियो ।
उक्त प्लान्टबाट प्रति वर्ष १ लाख ५० हजार सवारी साधन बनाउने क्षमताको साथ सुरु भएको र दोस्रो चरणमा यसलाई दोब्बर बनाउने योजना छ । ब्राजिल निर्मित कारहरु ल्याटिन अमेरिकाभरि विस्तार गरिने योजना छ ।(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।