भारत तेलंगानाको एक उद्योगमा विस्फोट, ३४ जनाको मृत्यु

२०८२ असार १७ मंगलवार
सारांश
  • अधिकारीहरूका अनुसार सोमबार तेलंगानाको संगारेड्डी जिल्लाको पासमैलाराम फेज १ क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विस्फोटपछि आगलागी भएको थियो । सो क्रममा एक दर्जनभन्दा बढी कामदार घाइते भएका छन् ।

एजेन्सी : भारतको तेलंगानाको संगारेड्डी जिल्लामा रहेको सिगाची फार्मा उद्योगमा भएको रियाक्टर विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । विस्फोटस्थलमा उद्धार कार्य जारी छ। धेरै जनाको पहिचान खुल्न बाँकी छ । 


अधिकारीहरूका अनुसार सोमबार तेलंगानाको संगारेड्डी जिल्लाको पासमैलाराम फेज १ क्षेत्रमा रहेको एक रासायनिक कारखानामा भएको विस्फोटपछि आगलागी भएको थियो । सो क्रममा एक दर्जनभन्दा बढी कामदार घाइते भएका छन् ।


प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विस्फोटमा भएको ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् । 


प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँको राहत घोषणा गरेका छन् ।


बिहान करिब ९ः४८ बजे सिगाची फार्मा कम्पनीको सुकाउने युनिटमा विस्फोट भएको थियो। विस्फोटबाट आगलागी भएको थियो । औद्योगिक विज्ञहरूका अनुसार, माइक्रोक्रिस्टलाइन सेल्युलोजको हावा ह्यान्डलिङ÷सुकाउने क्रममा घटना भएको थियो। भग्नावशेषमुनि कति जना थिए भन्ने खुलिसकेको छैन् ।(एएनआइ)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार