गाजा पट्टीमा युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब
२०८२ असार १३ शुक्रवार
- इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले त्यसमा कुनै प्रगति नभएको बताएका छन् ।
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन् ।
यो दबाब इरानविरुद्धको १२ दिने युद्धको सफलतापछि आएको हो । यद्यपि, इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले त्यसमा कुनै प्रगति नभएको बताएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ ।
गाजाको पुनर्वास योजनाको हिस्साको रूपमा, इच्छुक बसाइँ सर्न चाहने गाजाका स्थानीलाई केही देशहरूले स्वीकार गर्ने पनि उल्लेख छ ।
अरब राष्ट्रहरूले इजरायलले प्यालेस्टाइन अथोरिटीलाई गाजामा शासन अधिकार दिने र भविष्यमा दुई राज्य समाधानको बाटोको रूपमा स्वीकार नगरेसम्म उनीहरू गाजाको युद्धपछिको पुनर्वासमा भाग नलिने बारम्बार जोड दिएका छन् । यो मागलाई नेतन्याहूले हालसम्म पूर्णरूपमा अस्वीकार गरेका छन् ।
योजनाको एक हिस्साको रूपमा, ट्रम्प र नेतान्यहूले प्यालेस्टाइन अथोरिटीले आफूलाई सुधार गरेमा भविष्यमा दुई राज्य समाधानलाई समर्थन गर्नेमा सहमति जनाएको बताइएको छ । तर, यसको बदलामा अमेरिकाले प्यालेस्टाइनको वेस्ट बैंकका केही भागमा इजरायली सार्वभौमसत्ताको मान्यता दिनुपर्ने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।