- अमेरिकी वाणिज्य विभागले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो तीन बर्षमा पहिलो पटक संकुचित भएको हो ।
एजेन्सी : यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित भएको छ। अमेरिकी वाणिज्य विभागले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो तीन बर्षमा पहिलो पटक संकुचित भएको हो ।
जनवरी–मार्च अवधिमा कुल गार्हस्थ्य उत्पादन वार्षिक ०.५ प्रतिशतको दरले घटेको छ, जुन अघिल्लो अनुमानभन्दा ०.३ प्रतिशत बिन्दुले घटेको हो । पहिलो त्रैमासिकमा अमेरिकी आर्थिक अवस्थामा मुख्यतया बढ्दो आयात र सुस्त उपभोक्ता खर्च जस्ता कारकहरूले भएको प्रतिवेदनमा उल्लेख छ ।
पहिलो त्रैमासिकमा आयात ३७.९ प्रतिशतले बढेको छ र यसले कुल गार्हस्थ्य उत्पादनमा ४.६६ प्रतिशतको संकुचन ल्याएको प्रतिवेदनमा उल्लेख छ।
पहिलो त्रैमासिकको अवधीमा वृद्धि दर बढ्दो आयातले रोकिएको थियो । किनभने अमेरिकी फर्महरूले व्यापक कर लागू हुनुभन्दा पहिले विदेशी सामानहरू खरिद गर्न हतार गरेको उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व अर्थतन्त्रलाई नै असर पार्न सक्ने आर्थिक नीतिहरु लागू गरेपछि अर्थतन्त्र संकुचित बनेको बताइन्छ ।
अमेरिकी अर्थतन्त्रको लगभग ७० प्रतिशत ओगटेको व्यक्तिगत उपभोग खर्च, त्रैमासिक दर ०.५ प्रतिशतले मात्र बढेको देखिन्छ । जुन अघिल्लो अनुमानमा १.२ प्रतिशतबाट उल्लेखनीय रूपमा घटेको हो । (सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’