डिजिटल यातायात प्रवद्र्धनमा चीन, ५०० किलोमिटर स्मार्ट राजमार्ग तयार

२०८२ असार ०६ शुक्रवार
सारांश
  • उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ ।

एजेन्सी: चीनले स्मार्ट प्रविधिको प्रयोग गरी पाँच किलोमिटरभन्दा बढी राजमार्गको स्तरोन्नति गरेको छ ।


स्तरोन्नति गरिएका ति राजमार्ग राष्ट्रिय परियोजनाको एक हिस्सा भएको जनाइएको छ । जसले लगभग ५४,००० किलोमिटर राजमार्ग र ७,५०० किलोमिटर जलमार्ग सहित ६०,००० किलोमिटरभन्दा बढी यातायात मार्गहरू समेट्ने यातायात मन्त्रालयका अधिकारीहरूले बताएका छन्।


उक्त सडकहरु एआई प्रविधिमा आधारित रहेको जनाइएको छ । उच्च प्रविधियुक्त स्तरोन्नतिले ट्राफिक दक्षता र व्यवस्थापनमा लगभग २० प्रतिशतले सुधार गर्ने जनाइएको छ । 


यस्तो किसिमको स्तरोन्नतीले सबैखाले मार्गहरुलाई यातायात कोरिडोरहरूको कनेक्टिभिटी बढाउन प्राथमिकता दिइएको छ । (सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार