इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

२०८२ असार ३ मंगलवार
सारांश
  • इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो ।

काठमाडौं: इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । 

 

इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो ।


आक्रमण पश्चात आईआरआईबीले पुनः आफ्नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।”


आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वमा थप तनाव ल्याएको छ । इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार