अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज
२०८२ जेठ ३१ शनिवार
- युरोपको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाहहरू मध्ये एक मानिएको यो बन्दरगाहले लाखौं टन कार्गो ह्यान्डल गर्न र प्रत्येक वर्ष लाखौं क्रूज जहाज यात्रुहरूलाई स्वागत गर्नेछ ।
एजेन्सी : युरोपमा चिनियाँ अटो ढुवानीलाई व्यवस्थित गर्न बार्सिलोना बन्दरगाहलाई स्तरोन्नति गरिदैछ । पोर्ट अफ बार्सिलोनाको नयाँ ईभी टर्मिनल थप व्यवस्थित बनाउने क्रम जारी छ ।
युरोपको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाहहरू मध्ये एक मानिएको यो बन्दरगाहले लाखौं टन कार्गो ह्यान्डल गर्न र प्रत्येक वर्ष लाखौं क्रूज जहाज यात्रुहरूलाई स्वागत गर्नेछ ।
सन् २०२७ सम्ममा सञ्चालनमा आउने तयारीमा रहेको यो बन्दरगाहले बार्सिलोनाको अटोमोटिभ हबको रूपमा थप विकसित गराउने लक्ष्य लिएको छ ।
७५ मिलियन अमेरिकी डलरको यो योजना सम्पन्न भए समुद्री, रेल र सडक मार्गहरू जोड्दै, चिनियाँ कार निर्माताहरूलाई दक्षिणी र मध्य युरोपमा सीधा सम्पर्क विस्तार गर्नेछ ।
१० हजार सवारी साधनको क्षमता भएको यो योजना सम्पन्न भए यसले २०२८ सम्ममा प्रति वर्ष लगभग १८० हजार कारहरू आदनप्रदान गर्ने र जसमध्ये धेरैजसो चिनियाँ ईभी कम्पनीहरू यसमा सक्रिय हुनेछन् ।
२०२३ मा, बार्सिलोना बन्दरगाहले लगभग आठलाख कारहरू आयात गरेको थियो । र चाँडै नै नयाँ अत्याधुनिक टर्मिनल निर्माण सम्पन्न भएपछि स्पेन र युरोपको हरित क्रान्तिलाई गति दिन मद्दत गर्ने अनुमान छ ।(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’