अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

२०८२ जेठ १९ सोमवार
सारांश
  • मन्त्रालयका प्रवक्ताका अनुसार एआई चिप निर्यात नियन्त्रणमा मार्गदर्शन जारी गर्ने, चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्ने र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गर्ने जस्ता विभेदपूर्ण निर्णयहरु गरेको छ । ज

एजेन्सी : संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकाले धेरै भेदभावपूर्ण प्रतिवन्दहरु लगाएको चीनको आरोप छ । 


मन्त्रालयका प्रवक्ताका अनुसार एआई चिप निर्यात नियन्त्रणमा मार्गदर्शन जारी गर्ने, चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्ने र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गर्ने जस्ता विभेदपूर्ण निर्णयहरु गरेको छ ।  जनवरी १७ मा दुई राष्ट्रप्रमुखहरू बीच भएको फोन वार्तामा भएको सहमतिको गम्भीर उल्लङ्घन चीनको भनाइ छ ।  चीनको वैधानिक अधिकार र हितलाई गम्भीर रूपमा हानि पु¥याएको प्रवक्ताको भनाइ छ ।


संयुक्त राज्य अमेरिकाले एकतर्फी र बारम्बार नयाँ आर्थिक र व्यापारिक नीतिहरु अघि बढाएकाले द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरतालाई बढाएको चीनको भनाइ छ । 


‘आफ्ना निर्णय र क्रियाकलापहरुमा विचार गर्नुको सट्टा, अमेरिकाले चीनलाई सहमति उल्लङ्घन गरेको आधारहीन आरोप लगाएको छ । चीनले यी अनुचित आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछ,’ प्रवक्ताले भने।


चीनले जेनेभा वार्तामा भएको सहमतिलाई गम्भीरतापूर्वक लिएर, यसलाई कडाइका साथ कार्यान्वयन गर्दै र सक्रिय रूपमा समर्थन गर्दै जिम्मेवार ढंगले काम गरेको दाबी समेत गरेको छ । (सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार