नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष, चिनियाँ सहयोगको प्रशंसा
२०८२ जेठ ६ मंगलबार
- मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं : नीति अनुसन्धान संस्थान र राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थान (नेशनल इन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजी)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमको बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस्तै, आजबाट नै नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षको अवसरमा ‘साझा भविष्यतर्फ अघि बढ्ने, नेपाल चीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना सम्बन्धी’ सेमिनार पनि आयोजना गरिएको छ ।
सोही क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित सेमिनारको उदघाटन सत्रमा उपस्थित हुन पाउँदा खुशी लागेको बताए ।
उनले भने, ‘नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘साझा भविष्यतर्फ अघि बढ्ने, नेपाल चीन रणनीतिक सहकार्य साझेदारीको दृष्टिकोण र सम्भावना सम्बन्धी’ सेमिनारको उदघाटन सत्रमा उपस्थित हुन पाउँदा खुशी लागेको छ । सुरुमा, नेपालको नीति अनुसन्धान संस्थान र चिनियाँहरू मध्ये एक राष्ट्रिय अन्तर्राष्ट्रिय रणनीति संस्थानलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
यस्तै, उनले चीनले नेपाललाई पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहयोग गरेको भन्दै नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास पनि रहेको बताए ।
उनले भने, ‘नेपाल–चीनका सम्बन्ध एकदमै राम्रो हुदैँ आएको छ । चीन विश्वासिलो विकास साझेदार हो । हामी पूर्वाधार, स्वास्थ्य, शिक्षाको क्षेत्रमा चिनले गरेको सहयोगप्रति आभार व्यक्त गर्न चाहान्छौ । नेपाल र चीनबीच एकदमै लामो आर्थिक सहकार्यको इतिहास छ । यस्तै चीनबाट आउने पर्यटकहरुले पनि नेपाल–चीनबीचको सम्बन्धलाई राम्रो बनाउदैँ गएको छ ।’
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा.डा.लेखनाथ शर्माले सेमिनारले दुई देशबीच थप औपचारिक सहकार्यको जग बसालेको भन्दै यसले पारस्परिक हितका क्षेत्रहरूमा संयुक्त अनुसन्धान, प्रकाशन, संवाद, पठन र नीतिगत संक्षिप्त विवरणहरूको तयारीको लागि मार्ग तयार गरेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।