नेपालीले क्याम्ब्रिज एवम अक्सफोर्डमा पीएचडी गर्न पाउनु गौरव हो : वेलायती राजदूत
२०८२ जेठ १ बिहिबार
- बुधबार पुल्चोक क्याम्पस वास्तुकला विभागको दोस्रो शैक्षिक उत्कृष्टता पुरस्कार वितरण कार्यक्रममा उनले सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङभन्दा महत्वपूर्ण विषय अरू नभएको भन्दै यस्तो कार्यक्रमको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।
काठमाडौं : नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाली युवा इन्जिनियरिङको करियरमा प्रोत्साहित गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
बुधबार पुल्चोक क्याम्पस वास्तुकला विभागको दोस्रो शैक्षिक उत्कृष्टता पुरस्कार वितरण कार्यक्रममा उनले सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङभन्दा महत्वपूर्ण विषय अरू नभएको भन्दै यस्तो कार्यक्रमको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।
उनले भने, ‘द्विपक्षीय सम्बन्धको एक हिस्सा बन्न पाउँदा र राजदूतको रूपमा, म पनि यहाँ हुन पाउँदा खुसी छु । धेरै गर्व गर्छु । नेपाली युवा इन्जिनियरिङको करियरमा प्रोत्साहित गर्न पाउँदा खुसी छु । सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङ योभन्दा महत्त्वपूर्ण अरू केही हुन सक्दैन । म यस परिदृश्यमा इन्जिनियरहरुको प्रशंसा गर्छु । मलाई वास्तुकला धेरै मनपर्छ, तर मसँग त्यस्तो कुनै प्रतिभा छैन ।’
यस्तै, उनले बेलायती सरकारले नेपालको शिक्षा मन्त्रालयसँग सार्वजनिक क्षेत्रमा काम गर्न धेरै समय बिताएको भन्दै शिक्षा सचिव अर्को हप्ता बेलायत भ्रमणमा जान लागेको उल्लेख गरे ।
सोही क्रममा, सुबोध फाउन्डेसन युकेका अध्यक्ष इन्जिनियर सुबोध तिमिल्सिनाले पहिले जुन कठिनाइ थियो, त्यो कठिनाइ आजको समयमा नभएको भन्दै यस्तो मान्यता र पुरस्कारले विद्यार्थीहरुलाई प्रेरणा दिने बताए ।
नेपालबाट इन्जिनियरहरू उत्पादन गरेर उनीहरूलाई बेलायतमा मास्टरको भूमिकामा पु¥याउनु र अन्तमा क्याम्ब्रिज, अक्सफोर्डमा पीएचडी गर्ने ठाँउसम्म पु¥याउनु अझै चुनौतीपूर्ण भएको उनको भनाई छ ।
उनले भने, ‘मलाई पहिले जुन कठिनाइ थियो, त्यो कठिनाइ कसैले भोग्न नपरोस त्यसैले, यस्ता मान्यता र पुरस्कारले प्रेरणा दिन्छ । पुरस्कार दिनु ठूलो कुरा होइन, तरपनि यो एक सुरुवात बिन्दु हो । अझ चुनौतीपूर्ण कुरा के हो भने नेपालबाट इन्जिनियरहरू उत्पादन गर्नु र उनीहरूलाई बेलायतमा मास्टरको भूमिकामा पु¥याउनु र अन्तत क्याम्ब्रिज एवम अक्सफोर्डमा पीएचडी गर्नु गौरवको विषय हो ।’
यस्तै, इन्स्टिच्यूट अफ इन्जिनियरिङका डीन प्राडा सुशील बज्राचार्यले अवार्ड पाउने सबै विद्यार्थीहरुलाई बधाई दिदैँ शैक्षिक पुरस्कारको सुरुवात गरेको सुबोध फाउन्डेसनलाई धन्यवाद दिएका छन् ।
वास्तुकला विभागका पुरस्कृत विद्यार्थीहरूको नामावली यसप्रकार छन् ः
१. वास्तुकलामा स्नातक, थेसिस टपर, कृपा तिम्सिना
२. वास्तुकलामा स्नातक, ब्याच टपर, रश्मी गौतम
३. ऊर्जा–कुशल भवनहरूमा एमएससी थेसिस टपर, प्रसिद्धि हमाल
४. ऊर्जा–कुशल भवनहरूमा एमएससी ब्याच टपर, प्रसिद्धि हमाल
५. शहरी योजनामा एमएससी, थेसिस टपर, प्रबल दाहाल
६. शहरी योजनामा एमएससी, ब्याच टपर, प्रबल दाहाल
७. मास्टर अफ आर्किटेक्चरका थेसिस टपर, आशिष विक
८. मास्टर अफ आर्किटेक्चरका ब्याच टपर, स्वोस्तिना रञ्जित
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।