- भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको हवाई आक्रमण र प्रत्याक्रमणको श्रृखंला र दुवै पक्षबीच सीमापार भारी गोलाबारीपछि पहिलो पटक जनतालाई सम्बोधन गर्दै मोदीले भने, ‘यो युद्धको युग होइन । तर, यो आतंकको युग पनि होइन ।’
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । पाकिस्तानसँग चारदिने सैन्य टकराब अन्त्य भएपछि राष्ट्रका नाममा सोमबार राति सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको हवाई आक्रमण र प्रत्याक्रमणको श्रृखंला र दुवै पक्षबीच सीमापार भारी गोलाबारीपछि पहिलो पटक जनतालाई सम्बोधन गर्दै मोदीले भने, ‘यो युद्धको युग होइन । तर, यो आतंकको युग पनि होइन ।’
भारत नियन्त्रित कश्मीरमा आतंककारी हमलामा २६ जना पर्यटकको हत्यामा भारतले पाकिस्तानको हात रहेको बताएको थियो । पाकिस्तानले यसलाई खारेज गर्दै आएको छ ।
परमाणु हतियार भएका यी दुई छिमेकी देशबीच अमेरिकाको मध्यस्थतामा शनिबार युद्धविराम गर्ने सहमति भएको थियो । सो सहमति अहिलेसम्म कायम रहेको छ । दुवै राष्ट्रले सतर्क रहने बताएका छन् ।
सम्बोधनमा मोदीले भने, ‘यदि, भारतमा फेरि आतंकवादी हमला भएमा कडा प्रतिकार गरिनेछ । आतंक र व्यापारको विषयमा सौदावाजी हुन सक्दैन ।’
मोदीको यो टिप्पणी युद्ध नरोके भारत–पाकिस्तानसँग अमेरिकाले व्यापारिक कारोबार बन्द गर्ने बताएपछि दुईदेशहरू युद्धविराम गर्न सहमत भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइतर्फ इंगित थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।