भारत–पाकिस्तान युद्ध विराम :राष्ट्रसंघद्वारा स्वागत, आरोपप्रत्यारोप कायमै
२०८१ बैशाख २८ आइतबार
- ‘महासचिवले भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतालाई वर्तमान शत्रुता अन्त्य गर्ने र तनाव कम गर्ने दिशामा सकारात्मक कदमको रूपमा स्वागत गर्नुभयो,’संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत भने ।
एजेन्सी : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन्।
‘महासचिवले भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतालाई वर्तमान शत्रुता अन्त्य गर्ने र तनाव कम गर्ने दिशामा सकारात्मक कदमको रूपमा स्वागत गर्नुभयो,’संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत भने ।
सम्झौताले दिगो शान्तिमा योगदान पु¥याउने र दुई देशहरू बीचको लामो समयदेखि चलिरहेका मुद्दाहरूलाई सम्बोधन गर्न अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा राष्ट्रसंघले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्रसंघ शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई समर्थन गर्न तयार रहेको जनाएको छ ।
एकअर्कामाथि केही दिनदेखि जारी सैन्य हमलापछि पाकिस्तान र भारतले शनिबार तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गरेका थिए ।
तर यता, दुई देशले युद्धविराम घोषणा गरेको केही घण्टापछि भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ।
भारतीय मिडिया रिपोर्टका अनुसार शनिबार साँझ भारत नियन्त्रित कश्मीरमा ठूलो विस्फोटको आवाज सुनिएको थियो र केही क्षेत्रहरूमा पछि ब्ल्याकआउट गरिएको थियो।
भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमार्फत भारतीय सशस्त्र सेनाले पाकिस्तानले गरेको युद्धविराम उल्लंघन गरेको बताएका थिए । पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले उल्लङ्घन नभएको बताए । उनले सम्बन्धित भारतीय सञ्चारमाध्यमका रिपोर्टहरूलाई आधारहीन भन्दै खारेज गरिएको प्रतिक्रिया दिए ।
एकअर्कामाथि चार दिनसम्म चलेको सैन्य हमलापछि दुवैतर्फबाट यस्तो प्रतिक्रिया आएको हो । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा भने कि पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराममा सहमति जनाएका छन्।
उनले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको पनि उल्लेख गरे ।
पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले पनि पाकिस्तानले सबै प्रकारका उडान सञ्चालनका लागि हवाई क्षेत्र पूर्ण रूपमा खोलेको जनाएको छ । दुवै पक्षले शनिबार भारतीय समय अनुसार ५ बजेदेखि सुरु हुने जमिन, समुद्र र हवाई आदानप्रदान र सैन्य कारबाही रोक्न सहमत भएका थिए ।(सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’