भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने
२४ बैसाख, २०८२, बुधवार
- भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।
काठमाडौँ, २४ वैशाख । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेपछि दुवै देशले कश्मीर र पंजाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन्।
भारतीय अधिकारीका अनुसार जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै शैक्षिक संस्थाहरू बन्द गरिनेछ भने,पाकिस्तानले पनि भारतको कारबाहीपछि इस्लामाबाद र पंजाबमा विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ।
भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।
भारतले आक्रमण स्थानहरूलाई आतंकवादी पूर्वाधार भएको दाबी गरेको छ। उक्त आक्रमणबाट पाकिस्तानमा ९ जनाको मृत्यु र ३८ जना घाइते भएको समाचार आएको छ।
पाकिस्तानको प्रतिकार कारबाहीमा ३ जना भारतीयको मृत्यु भएको जनाइएको छ भने पाकिस्तानी अधिकारीहरूले प्रतिकार कारबाहीमाभारतका दुई लडाकु विमानहरू खसालेको दाबी गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’