युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत

२०८२ वैशाख १९ शुक्रवार
सारांश
  • सम्झौताको पहिलेको मस्यौदालाई ‘अस्वीकार्य’ र ‘औपनिवेशिक’ भनेर व्याख्या गरिएको छ । युक्रेन र रुसबीचको युद्ध अन्त्य हुने संकेत देखिएका बेला यस्तो खनिजको विवाद सतहमा आएको हो ।

एजेन्सी : युक्रेनको खनिज स्रोतहरूमा अमेरिकालाई विशेष पहुँच दिने सम्झौता विवादमा मुछिएको छ । विशेषगरी युक्रेनी विज्ञहरूले फरक फरक मत राखेका छन् । 


सम्झौताको पहिलेको मस्यौदालाई ‘अस्वीकार्य’ र ‘औपनिवेशिक’ भनेर व्याख्या गरिएको छ । युक्रेन र रुसबीचको युद्ध अन्त्य हुने संकेत देखिएका बेला यस्तो खनिजको विवाद सतहमा आएको हो । 


युद्धको चपेटमा फसेको युक्रेनी भूमिमुनि अर्को युद्धले स्थान पाउने अनुमान गरिएको छ । प्रतिस्पर्धीहरूको नजर युक्रेनको महत्वपूर्ण खनिज पदार्थको विशाल भण्डारमाथि परेपछि युक्रेनले अर्को युद्धको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।


यता, संयुक्त राज्य अमेरिका र युक्रेनले अमेरिका–युक्रेन पुनर्निर्माण लगानी कोष स्थापना गर्न सम्झौतामा हस्ताक्षर गरेको अमेरिकी कोष विभागले घोषणा गरेको थियो । यस्तो खनिज सम्झौताले किभको युद्धग्रस्त अर्थतन्त्रको लागि महत्व राख्ने बताइएको छ ।


युक्रेन ग्रेफाइट, लिथियम र टाइटेनियम जस्ता महत्वपूर्ण स्रोतहरूमा धनी छ। यी सबै विद्युतीय सवारी साधन, एयरोस्पेस उद्योग र उच्च प्रविधि आपूर्ति श्रृंखलाका लागि महत्त्वपूर्ण मानिन्छन् । बढ्दो यस्ता घटनाक्रमले ट्रम्प प्रशासन युक्रेनमा शान्ति स्थापनामा इच्छुक देखिएको छैन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार