- वार्ताको उद्देश्य इरानलाई कडा प्रतिबन्धहरूबाट राहतको बदलामा आणविक हतियार विकास गर्नबाट रोक्ने नयाँ सम्झौता गर्नु हो ।
एजेन्सी, १३ वैशाख । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता सुरू भएको छ ।
सम्भावित आणविक सम्झौताको विस्तृत विवरणलाई लिएर शनिबारदेखि अमेरिका र इरानबचि विवादका बिषयलाई सम्बोधन गर्ने प्रयासस्वरूप छलफल हुने अपेक्षा गरिएको छ ।
नयाँ वार्तामा पनि अमेरिकी विशेष दूत स्टिभ विटकोफ र इरानी विदेशमन्त्री अब्बास अराघचीले नै छलफलको नेतृत्व गरिरहेका छन् भने यस पटक दुवै पक्षका विज्ञहरूबीच प्राविधिक स्तरको बैठक पनि समावेश छ ।
वार्ताको उद्देश्य इरानलाई कडा प्रतिबन्धहरूबाट राहतको बदलामा आणविक हतियार विकास गर्नबाट रोक्ने नयाँ सम्झौता गर्नु हो । यो उद्देश्य तेहरानले अस्वीकार गरेको छ ।
अमेरिकालगायत विश्व शक्ति राष्ट्रले इरानसँग सन् २०१५ मा गरेको बहुपक्षीय सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा एकपक्षीयरूपमा हात झिकेपछि इरान पनि सम्झौताबाट क्रमशः फर्किएको थियो ।
अराघचीले यस प्रक्रियाबारे ‘सतर्क हुँदै आशा’ व्यक्त गर्दै यसै हप्ता भन्नुभएको थियो , “यदि अमेरिकाको एकमात्र माग इरानसँग आणविक हतियार नहोस् भन्ने हो भने, यो वार्ता अघि बढ्न सक्छ ।” उहाँले भन्नुभयो, “यदि वासिङ्टनले ‘अव्यवहारिक वा अतार्किक मागहरू ल्याउँछ भने हामी स्वाभाविक रूपमा समस्याहरूको सामना गर्नेछौँ।”
अमेरिकी विदेश मन्त्रालयका नीति योजना प्रमुख माइकल एन्टोनले वासिङ्टनको विज्ञस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने उपविदेशमन्त्री काजेम गारिबाबादी र माजिद तख्त–रावन्चीले तेहरानको नेतृत्व गर्नेछन् ।
इरानी सरकारी टेलिभिजनका अनुसार ओमानी समयअनुसार मध्याह्न वार्ता सुरु भएको हो ।
इरानी समाचार संस्था इरनाले भनेको छ, “एक दिनको मात्र वार्ता तय भएको छ, तर वार्ता प्राविधिक र विज्ञस्तरीय छलफल र विवरणको परीक्षणमा प्रवेश गरेको छ। आवश्यक भएमा यसलाई विस्तार गर्न सकिन्छ ।”
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’