शुभकामना दिएको २४ घन्टामै पोप फ्रान्सिसको निधन

२०८२ वैशाख ८ सोमबार
सारांश
  • भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको बीबीसीले जनाएको छ ।

एजेन्सी : विश्वभरका क्याथोलिकहरुका आध्यात्मिक नेता पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन भएको छ ।


भ्याटिकनमा स्थानीय समयानुसार सोमवार बिहान ७ः३५ बजे ८८ वर्षीय फ्रान्सिसको निधन भएको बीबीसीले जनाएको छ । 


कार्डिनल केभिन फेरेललाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।


भ्याटिकनको सेन्ट पिटर्स स्क्वाएरमा ‘ईस्टर सन्डे’का निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको छ।


गत महिना पाँच सातासम्म अस्पतालमा भर्ना भएर फिर्ता भएका उनी आइतवार ह्वीलचेअरमा बसेर सेन्ट पिटर्स बसिलिकामा उपस्थित भीडलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए ।


पोप फ्रान्सिस अर्जेन्टिनाका एक जेसुइट पादरी थिए, जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६ औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भएका थिए । (बीबीसी)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार