म्यान्मारका भूकम्पपीडिलाई ‘एनआरएनए थाइल्याण्ड’को सहयोग

२०८२ वैशाख ८ सोमबार
सारांश
  • थाइल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित ७१ लाख ६ सय ४२ म्यान्मार क्याट बराबरको राहत सहयोग बैंकमार्फत म्यान्मारको भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो ।

बैंकक : हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित बर्मेली नागरिकलाई लक्षित गरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको छ ।


थाइल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित ७१ लाख ६ सय ४२ म्यान्मार क्याट बराबरको राहत सहयोग बैंकमार्फत म्यान्मारको भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो । 
यस मानवीय राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति एनआरएनए थाइल्यान्डले आभार प्रकट गरेको छ ।


विशेष रूपमा अभियानको समन्वय, व्यवस्थापन र कार्यान्वयनमा बिक्की पोखरेल र हिमालयन पौडेल (कालु)ले देखाएको अग्रसरता उल्लेखनीय थियो । 


यसैगरी वितरण कार्यमा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ, माण्डले शाखा र यससँग आबद्ध सम्पूर्ण पदाधिकारी तथा सदस्य वर्गको सक्रिय सहयोगका कारण राहत सहयोग प्रभावकारी रूपमा लक्षित समुदायसम्म पु¥याउन सम्भव भएको एनआरएनए थाइल्यान्डले जनाएको छ ।


संघका संयोजक सञ्जय ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संकटको घडीमा देखिएको तपाईंहरूको उदारता, ऐक्यबद्धता र मानवीय संवेदनशीलता अत्यन्त प्रेरणादायी र सराहनीय छ । हामी सबैको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ यो पहल गरिएको हो ।’


एनआरएनए थाइल्यान्डले आगामी दिनहरूमा पनि विपद् पीडितका लागि सहयोग जुटाउने र मानवीय सेवामा जुटिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार