यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

२०८२ वैशाख ७ आइतबार
सारांश
  • अमेरिकाले इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमण गरेको हो ।

एजेन्सी : अमेरिकी हवाइ सेनाले यमनको ‘रास इसा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । १७१ जना घाइते भएका छन्।


अमेरिकाले इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमण गरेको हो ।


रेड सी पोर्ट अथोरिटीका अनुसार, कुनै समय यमनको कच्चा तेल निर्यात र तेल तथा ग्यासका व्युत्पन्न उत्पादनहरूको आयातको लागि प्रयोग गरिने बन्दरगाह क्षतिग्रस्त भएको छ ।तेल ट्याङ्की, पाइपलाइन, मेसिन र सवारी साधनहरु नष्ट भएका छन्।


बन्दरगाहमा काम गर्ने कर्मचारीहरूले सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणप्रति आपत्ति जनाएका छन् ।


‘रास इसा’ बन्दरगाहमा क्रूर आक्रमण भयो । यो एक नागरिक बन्दरगाह हो। यहाँ कुनै हतियार र सेना छैनन्। यो एक नागरिक बन्दरगाह हो,’ बन्दरगाहका निर्देशक इब्राहिम मुक्बिलले भने।


‘हामीले बिहीबार राति ०८ः३० बजे काम सुरु गर्यौं । र हवाई हमला राति ०९ः०० बजे सुरु भयो। काम गरिरहेको बेला हामीमाथि बम खसालियो। हामी सशस्त्र लडाकुहरू नभई केवल नागरिक र बन्दरगाहका कामदार हौं। हामी निहत्था थियौं,’ यमनी तेल कम्पनीका कर्मचारी सुलेमान मकबौलीले भने।


अमेरिकी पक्षले आक्रमणको उद्देश्य बन्दरगाहलाई ध्वस्त पार्नु हो र  हुथी समूहको इन्धन आयात बन्द गर्दै अर्थतन्त्रमा असर पार्ने रहेको छ । आक्रमणले यमनमा इन्धनको अभाव निम्त्याउने सम्भावना देखिएको छ । जसले गर्दा यसको मानवीय संकट झनै बढ्ने देखिएको छ । 


राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाले यही मार्च १५ देखि हुथी विद्रोही लक्षित व्यापक हवाई र नौसैनिक आक्रमण सुरु गरेको हो ।(सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार