इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित
२०८२ वैशाख ५ शुक्रबार
- मार्च १८ मा गाजामा व्यापक सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली रक्षा बलले रफाह र खान युनिसलाई विभाजन गर्ने ‘मोराग करिडोर’ स्थापना गरेको थियो।
एजेन्सी : दक्षिणी गाजापट्टीको नयाँ विभाजन रेखा ‘मोराग करिडोर’ नजिकै इजरायली सेनाद्वारा सैन्य बफर क्षेत्र विस्तारले धेरै प्यालेस्टिनीहरूलाई विस्थापित गराउन थालेको छ । जसका कारण मानवीय संकट थप गहिरिने संकेत देखिएको छ ।
मार्च १८ मा गाजामा व्यापक सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली रक्षा बलले रफाह र खान युनिसलाई विभाजन गर्ने ‘मोराग करिडोर’ स्थापना गरेको थियो।
बुधबार, इजरायली सेनाले करिडोर विस्तार गरिरहेको र इजरायली सैन्य नियन्त्रणमा रहेको एन्क्लेभको लगभग एक तिहाइलाई ‘सुरक्षा क्षेत्र’मा परिणत गरेको थियो ।
जसले गर्दा करिडोरको छेउमा धेरै प्यालेस्टिनीहरू गधा, गाडा, साइकल र ट्रकहरूको सहायतामा आफ्ना सामानहरु बोकेर भागिरहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
इजरायली सेनाले आफ्नो सैन्य बफर क्षेत्र विस्तार गर्ने तयारीमा यस क्षेत्रमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई थप खाली गर्ने योजना बनाएको थियो।
प्रमुख कृषि उत्पादन क्षेत्र, दक्षिणी गाजाको अवरोधले स्थानीय खाद्य आपूर्तिमा गम्भीर असर पार्ने र पट्टीमा पहिले नै गम्भीर मानवीय संकट थप गहिरिने देखिएको छ ।
दक्षिणी गाजाको ‘मोराग करिडोर’ क्षेत्रमा ठूलो संख्यामा कृषि सुविधाहरू र अन्न भण्डारहरू रहेका छन् । इजरायली सेनाले करिडोर स्थापना गरेपछि खाद्य सुरक्षामा संकट आएको छ ।जसले स्थानीय जनसंख्याको विस्थापनलाई अझ बढाउँदै लगेको छ । (सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।