- कम्बोडियाका राजा नोरोदोम सिहामोनीको निमन्त्रणामा राजकीय भ्रमण गर्न विशेष विमानबाट सी नोम पेन्ह पुगेका हुन् ।
एजेन्सी : चिनियाँ राष्ट्रध्यक्ष सी चिनफिङ कम्बोडियाको नोम पेन्ह पुगेका छन् । नौ वर्षको अन्तरालमा सीको दोस्रो कम्बोडिया भ्रमण हो।
कम्बोडियाका राजा नोरोदोम सिहामोनीको निमन्त्रणामा राजकीय भ्रमण गर्न विशेष विमानबाट सी नोम पेन्ह पुगेका हुन् ।
भ्रमणका क्रममा सीले क्रमशः राजा नोरोडोम सिहामोनी र रानी आमा नोरोडोम मोनिनाथ सिहानोकलाई भेट्ने कार्यक्रम तय भएको छ ।
सो क्रममा उनले कम्बोडियाली पिपुल्स पार्टीका अध्यक्ष र सिनेटका अध्यक्ष सामदेच टेको हुन सेनसँग भेट्ने र प्रधानमन्त्री हुन मानेटसँग वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राजा नोरोदोम सिहामोनीले विमानस्थलमा सी चिनफिङको भव्य स्वागत समारोहको आयोजना गरेका थिए । सी चिनफिङ विमानस्थलबाट आफ्नो होटलतर्फ जाँदा चीन र कम्बोडियाका राष्ट्रिय झण्डा फहराइरहेका थिए।
कम्बोडिया सीको पाँच दिने दक्षिणपूर्वी एसियाली भ्रमणको तेस्रो तथा अन्तिम चरण हो। सोमबार र मंगलबार भियतनामको राजकीय भ्रमणबाट सुरु उनको यात्रा सुरु भएको थियो । मंगलबारदेखि बिहीबारसम्म उनी मलेसियाको राजकीय भ्रमणमा थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’