म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६०० पुग्यो, ८९ वटा परकम्पहरू रेकर्ड

२०८१ चैत्र २६ मंगलवार
सारांश
  • म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ ।


एजेन्सी : म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३,६०० पुगेको छ भने ५,०१७ जना घाइते भएका छन् र १६० जना अझै बेपत्ता छन्।


म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ । 


मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो ।


देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार आइतबारसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका जम्मा ८९ वटा परकम्पहरू रेकर्ड गरिएका छन्।(सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार