- दक्षिणी गाजाको मुख्य शहर खान युनिसको एक परोपकारी भान्साघरमा १९ वर्षीया इमान अल–बर्दाविलले धेरै विस्थापित प्यालेस्टिनीहरूले ‘खान र पिउने खर्च’ को लागि सङ्घर्ष गरिरहेको बताए ।
इजरायली सेनाले गाजा पट्टीमा आइतबार स्थलगत अभियान चलाएको छ । हमास शासित क्षेत्रमा भएको आक्रमणको करिब एक हप्तापछि राफा शहरमा भएको आक्रमणबाट भाग्न सेनाले प्यालेस्टिनीहरूलाई आग्रह गरेको छ।
लेबनानमा भएको घातक आक्रमण र यमनबाट क्षेप्यास्त्र प्रहार भएपछि इजरायली सेनाले गाजाका केही भागमा पुनः आफ्नो सैन्य बल तैनाथ गरेको हो । इजरायली सेनाले जनवरीमा युद्धविरामलाई पुनर्जीवित गर्न आह्वान गरे पनि पछिल्लो चेतावनी जारी गरिएको हो ।
सैनिक प्रवक्ता अविचय अद्राईले एक्समा जारी गरेको वक्तव्यमा सेनाले दक्षिणी शहर राफाको एक जिल्लामा ‘आतङ्कवादी सङ्गठनहरूमाथि आक्रमण सुरु गरेको’ बताएका छन् ।
एएफपी संवाददाताका अनुसार ड्रोनबाट उक्त क्षेत्रमा खसालिएका पर्चामा पनि देखिएको सन्देशमा अद्राईले त्यहाँका प्यालेस्टिनीहरूलाई ताल अल–सुल्तान जिल्लाको ‘खतरनाक लडाकू क्षेत्र’ छोडेर उत्तरतर्फ जान आह्वान गरेका छन् ।
दक्षिणी गाजाको मुख्य शहर खान युनिसको एक परोपकारी भान्साघरमा १९ वर्षीया इमान अल–बर्दाविलले धेरै विस्थापित प्यालेस्टिनीहरूले ‘खान र पिउने खर्च’ को लागि सङ्घर्ष गरिरहेको बताए ।
“हामी रमजानको महिनामा छौँ । यो एक पवित्र महिना हो र मानिसहरू शरणार्थीका रूपमा यहाँ आउन बाध्य छन्,” आफूले वरपर देखेको पीडाप्रति दुःख व्यक्त गर्दै बर्डाविलले एएफपीसँग भने।
“म यहाँ बच्चाहरूका लागि चामल लिन आएको हुँ, तर त्यो काम नगरिकन भाग्न बाध्य बनेको छु,” बार्दविलजस्तै उत्तरी गाजामा रहेको आफ्नो घर छोडेर भागेका सैद अबु अल–जिदयानले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’