इस्तानबुलमा विपक्षी नेतालाई पक्राउ गरिएपछि विरोध प्रदर्शन चर्कियो
२०८१ चैत्र ९ शनिवार
- मेयरको नजरबन्दको विरोधमा बिहीबार सयौं मानिसहरू सडकमा उत्रिएका थिए ।
एजेन्सी: इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन जारी छ । मेयरको नजरबन्दको विरोधमा बिहीबार सयौं मानिसहरू सडकमा उत्रिएका थिए ।
मेयरलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सबैभन्दा ठूला प्रतिद्वन्द्वी मानिन्छन र आलोचकहरूले यस्तो कदमलाई राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन् ।
प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरे । पक्राउ परेपछि, इस्तानबुल गभर्नरको कार्यालयले चार दिनका लागि सबै प्रकारका बैठक, प्रदर्शन र प्रेस विज्ञप्तिमा प्रतिबन्ध लगाएको छ भने इस्तानबुलका धेरै सडकहरू बन्द गरिएको थियो ।
२२ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति रेसेप तैयप एर्दोगान विरुद्ध प्रदर्शनहरु चर्किदै गएका पनि छन् । रिपब्लिकन पिपुल्स पार्टीले पक्राउलाई ‘देशको अर्को राष्ट्रपति विरुद्धको विद्रोह’ को रूपमा लेबल लगाएको छ ।
मार्च २३ मा हुने प्राथमिक चुनावमा इमामोग्लुलाई रिपब्लिकन पिपुल्स पार्टीको राष्ट्रपति पदको उम्मेदवारको रूपमा औपचारिक रूपमा छनोट गरिने अपेक्षा गरिएको छ। उनलाई रिहा गरिन्छ कि गरिँदैन भन्ने कुराले उम्मेदवारीको विषय पेचिलो बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।