साउदी अरबमा अमेरिकासँगको वार्ताका क्रममा युक्रेनले सीमित युद्धविरामको प्रस्ताव गर्ने
२०८१ फागुन २७ मंगलवार
- रूबियो र जेलेन्स्की सोमबार केही घण्टाको अन्तरमा साउदी अरेबियामा अवतरण गर्नुभयो तर भेटघाट गरेनन ।
रुससँगको तीन–वर्षे युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकाका शीर्ष कूटनीतिज्ञसँग भेट्न तयार युक्रेनी प्रतिनिधिमण्डलले कृष्ण सागर र लामो दूरीको क्षेप्यास्त्र आक्रमणका साथै बन्दीहरूको रिहाइ समेट्ने युद्धविरामको प्रस्ताव गर्ने दुई वरिष्ठ युक्रेनी अधिकारीहरूले सोमबार बताएका छन् ।
मङ्गलबारको बैठकको बारेमा सार्वजनिक रूपमा बोल्न अधिकृत नभएका कारण नाम नछाप्ने सर्तमा ती अधिकारीहरूले युक्रेनी प्रतिनिधिमण्डल युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच सम्बन्धी संयुक्त राज्य अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्न वार्ताको क्रममा तयार रहेको बताए । उक्त सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरक्षित गर्न उत्सुक छन् ।
जेद्दामा अमेरिकी विदेशमन्त्री मार्को रूबियोसँग युक्रेनी वार्ता टोलीको बैठकअघि थप विवरण उपलब्ध नगराई अधिकारीहरूले विश्वास निर्माण गर्ने उपायहरूबारे छलफल गरेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको फेब्रुअरी २८ को वासिङ्टन भ्रमण ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग ओभल अफिसमा बहस हुँदा भएको क्षति सुधार गर्न किएभले प्रयास गरिरहेको छ ।
युद्धमा युक्रेनलाई सहयोग गरेको संयुक्त राज्य अमेरिकाले पहिले प्रस्ताव गरेको सैन्य सहायता र गुप्तचर जानकारी जोखिममा छ तर वासिङ्टनले शान्ति सम्झौताका लागि दबाब दिँदै गर्दा अहिले रोक लगाइएको छ ।
रूबियो र जेलेन्स्की सोमबार केही घण्टाको अन्तरमा साउदी अरेबियामा अवतरण गर्नुभयो तर भेटघाट गरेनन ।
जेलेन्स्कीले सोमबार साँझ राज्यको शक्तिशाली क्राउन प्रिन्ससँग भेट गरे । उनिहरूबीच ‘युद्धको अन्त्य गर्न र भरपर्दो र स्थायी शान्ति सुरक्षित गर्न आवश्यक कदम र सर्तहरूमा विस्तृत छलफल भएको’ जेलेन्स्कीले बताए ।
“साउदी अरेबियाले कूटनीतिका लागि महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ र हामी यसको कदर गर्छौं”, जेलेन्स्कीले अनलाइनमा भने ।
रुबियोले पनि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट गरे । उनले वार्ताको आयोजना गरेकामा धन्यवाद दिनुभयो र यमनका हुथी विद्रोहीहरूबारे पनि छलफल गरे । हुथी विद्रोहीहरूले लाल सागरमा आफ्नो आक्रमण पुनः सुरु गर्ने धम्की दिएका छन् ।
आइपुग्नुअघि आफ्नो विमानमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले आफू र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले साउदी अरबमा युक्रेनको प्रतिक्रियाको समीक्षा गर्ने बताए ।
यदि युक्रेन र अमेरिका ट्रम्पलाई स्वीकार्य समझदारीमा पुगे भने त्यसले उनको प्रशासनको शान्ति वार्ताको प्रयासलाई तीव्र पार्न सक्छ ।
“उनीहरू युक्रेनीहरूका लागि यो महँगो र रक्तपातपूर्ण युद्ध भएको कुरा स्वीकार गर्दै उनीहरूले विचार गर्न सक्ने कुनै प्रकारको शान्ति वार्तालाप र सामान्य रूपरेखाहरूमा प्रवेश गर्न इच्छुक छन् कि छैनन् भन्नेबारे हामी जान्न चाहन्छौँ । उनीहरूले धेरै पीडा भोगेका छन् र उनीहरूका जनताले धेरै पीडा भोगेका छन्”, रुबियोले भने, “र यस्तो कुराको परिणाममा रियायतहरूको बारेमा कुरा गर्न पनि गाह्रो छ, तर यो अन्त्य गर्ने र थप कष्टहरू रोक्ने एक मात्र तरिका हो ।”
“म उनीहरूले के गर्नुपर्छ वा के गर्न आवश्यक छ भन्ने बारे कुनै शर्त राख्ने छैन । मलाई लाग्छ हामी उनीहरू कति टाढासम्म जान इच्छुक छन् भन्ने सुन्न चाहन्छौँ र त्यसलाई रुसीहरू के चाहन्छन् भन्नेसँग तुलना गर्न र हामी वास्तवमै कति टाढा छौँ भन्ने हेर्न चाहन्छौँ”, उनले भने ।
जेलेन्स्कीले रुबियोलाई भेट्ने आफ्नो टोलीमा उहाँका चिफ अफ स्टाफ एन्ड्री यर्मक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ समावेश हुने बताउनुभएको छ । रुबियोले अमेरिकी टोलीको नेतृत्व गर्नेछन ।
वासिङ्टनले किनारा लगाएको हुनाले बाँकी युरोप वार्ताबारे सशङ्कित रहेको छ ।
युरोपेली सङ्घ (इयु) ले गत हप्ता महादेशको सुरक्षा बढाउन र ट्रम्प प्रशासनको युक्रेनमा अवस्था परिवर्तनको जवाफमा सुरक्षाका लागि सयौँ अर्ब युरो मुक्त गर्न सहमति जनाएको थियो ।
ह्वाइट हाउसका विशेष दूत स्टिभ विट्कफले सोमबार फक्स न्युजलाई युक्रेनसँग अमेरिकी जासुसी–साझेदारी रोक्दा रक्षा जासुसी–साझेदारी सीमित नभएको बताए ।
“हामीले युक्रेनीहरूलाई आवश्यक पर्ने... कुनै पनि रक्षात्मक कुराका लागि जासुसी जानकारी बन्द गर्दैनौँ”, उनले भने ।
युक्रेनी सेनाद्वारा आक्रामक उद्देश्यका लागि प्रयोग गर्न सकिने अमेरिकी जासुसी साझेदारीमा रोक लगाइएको एक अमेरिकी अधिकारीले बताएका छन् । साउदी वार्ताको दौरान युक्रेनसँग जासुसी–साझेदारी पुनः स्थापित गर्नेतर्फ प्रगति हुन सक्ने ती अधिकारीले सङ्केत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।