वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

२०८१ फागुन १५ गते विहिबार
सारांश
  • पाँच हप्ता अघि इजरायली सेनाको कारबाही सुरु भएदेखि बालबालिकासहित ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको लाजारिनीले बताए।

एजेन्सी: इजरायलले कब्जा गरेको वेस्ट बैंक पछिल्लो समय युद्ध मैदानका रुपमा परिणत हुँदै गएको छ ।


संयुक्त राष्ट्रका अनुसार सामान्य प्यालेस्टाइनीहरू सबैभन्दा बढी पीडित छन् । ‘वेस्ट बैंकले गाजा युद्धको डरलाग्दो फैलावटबाट गुज्रिरहेको छ,’ प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघका कमिश्नर जनरल फिलीप लाजारिनी भने ।


पाँच हप्ता अघि इजरायली सेनाको कारबाही सुरु भएदेखि बालबालिकासहित ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको लाजारिनीले बताए।


करिब ४० हजार बढीले घर छाडिसकेका छन् । पाँच हजार बढी विद्यार्थी प्रभावित भएका छन् । त्यस्तै बिरामीहरूले स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् भने परिवारहरू पानी, बिजुली र अन्य आधारभूत सेवाहरूबाट बञ्चित भइरहेका छन् ।


जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू खाली गराइएको छ र सैन्य कब्जामा रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार