युरोपले नाटोमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बेलायतका प्रधानमन्त्री स्टार्मरको भनाइ

२०८१ फागुन ४ गते आईतवार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट्ने अपेक्षा गरिएका स्टार्मरले बेलायतले अमेरिका र युरोपलाई एकसाथ राख्नका लागि काम गर्ने बताए ।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युरोपले उत्तर एटलान्टिक सन्धि सङ्गठन ‘नाटोमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने’ र ‘युक्रेनको भविष्य सुरक्षित गर्न’ अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।

 

सोमबार पेरिसमा हुने युरोपेली नेताहरूको अपेक्षित भेलाको पूर्वसन्ध्यामा उहाँले यस्तो टिप्पणी गरेका हुन् । यद्यपि, फ्रान्सले बैठकको पुष्टि गरेको छैन।

 

नाम नबताउने शर्तमा एक बेलायती अधिकारीले एएफपीसँग भने, “यदि यो बैठक अघि बढ्यो भने स्टार्मर बैठकमा सहभागी हुनेछन् ।”

 

एक वक्तव्यमा बेलायतका प्रधानमन्त्री स्टार्मरले भने, “यो हाम्रो राष्ट्रिय सुरक्षाको लागि एक पुस्तामा एक पटक गर्नुपर्ने कार्य हो । हामी आज विश्वको वास्तविकता र रूसबाट सामना गरिरहेको खतरासामु छौँ।

 

उनले भने, “युरोपले नाटोमा व्यापक भूमिका खेल्नुपर्छ यो स्पष्ट छ । हामीले युक्रेनको भविष्य सुरक्षित गर्न र रूसबाट सामना गर्ने खतराको सामना गर्न संयुक्त राज्य अमेरिकासँग मिलेर अघि बढ्नेछौँं।"

 

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट्ने अपेक्षा गरिएका स्टार्मरले बेलायतले अमेरिका र युरोपलाई एकसाथ राख्नका लागि काम गर्ने बताए ।  

 

उनले भने, “हामी नाटो गठबन्धनमा कुनै पनि विभाजनलाई हामीले सामना गरिरहेका बाह्य शत्रुहरूबाट विचलित हुन दिन सक्दैनौँ।”

 

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार युरोपले आफ्नो रक्षा खर्च बढाउनुपर्ने चेतावनी दिएपछि स्टार्मरको यो भनाइ आएको हो।

 

युक्रेनमा रुसको युद्ध अन्त्यका लागि कुनै पनि वार्ताको टेबुलमा आउन युरोपेली नेताहरू कोसिस गरिरहेका बेला पनि यी कदमहरू आएका हुन्।

 

ट्रम्पले यसै हप्तो चाँडै रूसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने सम्भावना छ र द्वन्द्व अन्त्यको लागि वार्ता सुरु गर्न सकिन्छ भनी दिएको टिप्पणीले यथास्थितिलाई तरङ्गीत पारेको थियो । यूरोपमा अमेरिकी सहयोगीहरू युक्रेनमा कुनै पनि सम्झौतामा उनीहरूको हितलाई किनारा लगाउने चिन्ताबाट गुज्रिरहेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नेटो प्रमुख मार्क रूट र अमेरिकी उपराष्ट्रपति जेडी भान्सलगायत वरिष्ठ युरोपेली अधिकारीहरू युरोप, युक्रेन र नाटोको भूमिकाका बिषयमा छलफलका लागि म्युनिखमा जुटेका छन् ।

 

रूटले पेरिसमा हुने प्रस्तावित बैठक ‘रक्षा खर्च र योजना’मा केन्द्रित हुने बताउँदै ‘जब युक्रेनबारे सम्झौता हुन्छ, युरोपले यसमा के योगदान गर्न सक्छ हामी पूर्ण स्पष्ट छौँ’ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यालयका प्रवक्ताले एएफपीलाई ‘सम्भावित अनौपचारिक बैठक’बारे छलफल भइरहेको बताएका छन् । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार