क्रान्तिपछि बङ्गलादेशको हिरासतमा दर्जन व्यक्तिको मृत्यु: मानवअधिकार समूह
२०८१ माघ ३० गते बुधबार
- हसिनाको १५ वर्षे स्वेच्छाचारी शासनकालमा सुरक्षा बलहरूले उनले शक्ति बढाउन व्यापक हत्या गरेका ओधिकारले प्रतिवेदनमा विस्तृत रूपमा बताएको छ ।
गत वर्षको क्रान्तिपछि बङ्गलादेशमा यातना र बन्दुकको गोली लागेर कम्तीमा एक दर्जन मानिसको हिरासतमा मृत्यु भएको एक अधिकार समूहले बुधबार बताएको छ ।
पूर्व प्रधानमन्त्री शेख हसिनालाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्ता सम्हालेको अन्तरिम सरकारसँग दक्षिण एसियाली यस मुलुकको सबैभन्दा ठूलो मानवअधिकार सङ्गठनहरू मध्येको एक ओधिकारले न्यायको माग गरेको छ ।
“अन्तरिम सरकारले यी अपराधहरूलाई दण्डहीन हुन दिनुहुँदैन”, ओधिकारका निर्देशक एएसएम नसिरुद्दिन एलानले भने, “न्यायेतर हत्यामा संलग्न व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउनैपर्छ ।”
हसिनाको १५ वर्षे स्वेच्छाचारी शासनकालमा सुरक्षा बलहरूले उनले शक्ति बढाउन व्यापक हत्या गरेका ओधिकारले प्रतिवेदनमा विस्तृत रूपमा बताएको छ । ओधिकारले हसिना भागेपछि पनि ती एजेन्सीहरूले मानवअधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएको छ ।
हसिना अगस्ट ५ मा छिमेकी भारतमा निर्वासनमा भाग्नुभयो र त्यसयता मानवता विरुद्धको अपराधको मुद्दा सामना गर्न पक्राउ पूर्जीको अवज्ञा गर्दै आएका छन्।
हसिनाविरुद्धको विद्रोहमा संयुक्त राष्ट्रसङ्घका अनुसार एक हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ ।
उनि गएपछि बङ्गलादेशी सुरक्षा बलहरूले हसिनाको आवामी लिग पार्टीका समर्थक र उनको ‘फासीवादी’ पूर्व सरकारका वफादारहरू विरुद्ध व्यापक गिरफ्तारी गरेका छन् ।
ओधिकारले सन् २०२४ अगस्ट ९ र डिसेम्बर ३१ को बीच भएका १२ मृत्युको विवरण दिएको छ ।
बङ्गलादेशका सशस्त्र बलका जनसम्पर्क निर्देशक सामी–उद–दौला चौधरीका अनुसार सुरक्षा बलहरूले ‘सबै मामिलाको अनुसन्धान गरिरहेका छन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’