ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई ‘थप जटिल बनाउँछ’: हमास
२०८१ माघ २९ गते मंगलवार
- गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।
सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीले गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल बनाएको’ हमासका एक वरिष्ठ नेताले मगङ्लबार बताएका छन् ।
“ट्रम्पले सम्झनुपर्छ कि त्यहाँ एउटा सम्झौता छ जसलाई दुवै पक्षले सम्मान गर्नुपर्दछ र कैदीहरू (बन्धकहरू) फिर्ता गर्ने यो एक मात्र तरिका हो”, सामी अबु जुहरीले भने, “धम्कीको भाषाको कुनै मूल्य छैन र यसले मामिलालाई थप जटिल बनाउँछ ।”
जनवरी १९ देखि लागु गरिएको युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी चलेको लडाइँलाई धेरै हदसम्म रोेकेको थियो र इजरायली जेलबाट सयौँ प्यालेस्टिनी कैदीको सट्टामा पाँच समूहका इजरायली बन्धकहरूको मुक्त भएका थिए ।
तर गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।
शनिबार दिउँसोसम्म सबै इजरायली बन्धकलाई मुक्त नगरे युद्धविरामको अन्त्यका लागि आह्वान गर्ने भन्दै उहाँले सोमबार थप दबाब दिएका थिए ।
“मेरो विचारमा यदि सबै बन्धक शनिबार १२ बजेसम्म –– मलाई लाग्छ यो उपयुक्त समय हो –– फिर्ता गरिएनन् भने म भन्छु यसलाई रद्द गर्नुपर्छ र सबै सर्तहरू समाप्त हुन्छन् र नरक मच्चिन दिनुपर्छ”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने ।
युद्धविराम सम्झौताअनुसार सम्झौताको चालु ४२ दिनको पहिलो चरणमा चरणबद्ध रूपमा रिहाइ हुनुपर्ने भनिएको छ ।
इजरायलले सहायता वितरण लगायत युद्धविराम सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाउँदै हमासले अर्को बन्धकको रिहाइ ‘अर्को सूचना नआउन्जेल स्थगित’ गरिने बताएपछि ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।