- “हामी युद्धको खोजीमा छैनौँ”, उनले भने, “तर इरान कहिल्यै पनि विदेशीका अगाडि झुक्ने छैन ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई घुँडा टेकाउन खोजेको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आरोप लगाएका छन् ।
सन् १९७९ मा इस्लामिक गणतन्त्रको स्थापना र शाह मोहम्मद रेजा पहलवीको सत्ताच्युत भएको इस्लामिक क्रान्तिको ४६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले इरानविरूद्ध अमेरिकी नेतृत्व लागिपरेको बताएका हुन् ।
“ट्रम्पले हामी वार्ता गर्न चाहन्छौँ भन्ने तर इरानीे क्रान्तिलाई घुँडा टेकाउन सबै षडयन्त्रमा हस्ताक्षर गरेका छन्,” ट्रम्पले यसै महिनाको सुरुमा तेहरानविरुद्धको प्रतिबन्ध पुनस्र्थापना गरेको उल्लेख गर्दै पेजेस्कियनले भने ।
“हामी युद्धको खोजीमा छैनौँ”, उनले भने, “तर इरान कहिल्यै पनि विदेशीका अगाडि झुक्ने छैन ।”
अमेरिका र इजरायल विरोधी नारा लगाउँदै सोमबार बिहान दक्षिणमा शिराज र बन्दर अब्बास, उत्तरमा रास्ट, पश्चिममा केरमानशाह र सान्दाज तथा पूर्वमा पवित्र शहर मशादको सडकमा भीड जम्मा भएको टेलिभिजनमा प्रसारित श्रब्यदृश्यमा देखाइएको छ ।
कार्यक्रममा सहभागीहरूले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको तस्वीर, इरानको हरियो, रातो र सेतो झण्डाका साथै तेहरान समर्थित हिजबुल्लाहजस्ता समूहहरूको ब्यानर बोकेका थिए।
संयुक्त राज्य अमेरिकाले ‘विभाजन’ को बीजारोपण गरेर इरानलाई कमजोर पार्न खोजेको आरोप लगाउँदै पेजेशकियानले भने, “यदि हामी एक साथ अघि बढ्यौँ भने देशको सबै समस्याहरू समाधान गर्न सक्षम छौँ।”
सन् २०२१ मा समाप्त भएको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानविरुद्ध ‘अधिकतम दबाब’ को नीति लिनुभएको थियो ।
फेब्रुअरी ४ मा विभागहरूलाई नयाँ प्रतिबन्धहरू लगाउन निर्देशन दिने आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले ‘इरानसँग सम्झौता गर्न र सबैले सँगै बस्न सक्ने’ आशा व्यक्त गरेका थिए । त्यतिबेला ट्रम्पले यदि इरानले आफ्नो मुलुक र नागरिकमाथि आक्रमण गरेमा इरानको नामेट हुने चेतावनी दिएका थिए ।
सन् १९७९ मा निर्वासनबाट अयातुल्लाह रुहोल्लाह खोमेनीको तेहरान फर्केको वर्षगाँठ अर्थात् इरानले शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको र गणतन्त्र स्थापना गरेको जनवरी ३१ देखि १० दिनसम्म भव्य कार्यक्रमसाथ ‘गणतन्त्र स्थापना समारोह’ गर्ने गर्छ ।
ट्रम्पको प्रतिबन्धको घोषणापछि हालैका दिनहरूमा इरानी अधिकारीहरूले नागरिकहरूलाई ठूलो सङ्ख्यामा उत्सवमा भाग लिन आग्रह गरेका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।