सबैभन्दा ठूलो एवम घातक हत्याकाण्डका कारण शोकमा स्वीडेन
२०८१ माघ २५ शुक्रबार
- मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ रहेको ओरेब्रोको रिसबर्गस्का क्याम्पसमा सबैभन्दा ठूलो एवम घातक हत्याकाण्ड भएको हो ।
एजेन्सी : सबैभन्दा घातक सामूहिक गोलीबारीका कारण ११ व्यक्तिको मृत्यु भएपछि स्वीडेन शोकमा डुबेको छ ।
मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ रहेको ओरेब्रोको रिसबर्गस्का क्याम्पसमा सबैभन्दा ठूलो एवम घातक हत्याकाण्ड भएको हो ।
प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको पुष्टि गरे । घटनापछि पत्रकार सम्मेलन गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदन व्यक्त गरेका छन् ।
विद्यालय परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका थिए । मृत्यु हुनेमा गोली प्रहार गर्ने संदिग्ध पनि रहेको प्रहरीले जनाएको छ । उनी को थिए भन्ने आधिकारिक रुपमा पुष्टि नभएपनि ३५ बर्षीय वेरोजगार व्यक्ति रहेको अनुमान गरिएको छ ।
संदिग्धले तीनवटा हतियार, धेरै राउण्ड बारूद र एक चक्कु बोकेको प्रहरीले जनाएको छ । हरियो सैनिक पोशाकमा रहेको उनी पहिले क्याम्पसको एउटा बाथरूममा प्रवेश गरेको र त्यसपछि आक्रमण सुरु गरेको बताइएको छ ।
घट्नाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले रिसबर्गस्का वयस्क शिक्षा केन्द्रको क्याम्पसको दृश्यलाई ‘अराजकता र आतंक’ भनिएको छ ।
घट्नामा परी घाइते भएका ६ जना अस्पतालमा रहेका छन् । तीमध्ये अधिकांश गम्भीर तर स्थिर अवस्थामा छन् ।
घटनापछि स्वीडेन सरकारले केही परिवारहरूसँग शोक मनाइरहेको छ । स्थानीय र घट्ना प्रभावितहरुले आँशु थाप्न सकेका छैनन् भने एक अर्कालाई सान्तवना दिइरहेका छन् । सीसीटीभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’