सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
२०८१ माघ १७ गते विहिवार
- रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
एजेन्सी :अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ ।
रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
सेनाको हेलिकप्टरमा तीन जना रहेको बताइएको छ । युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले बुधबार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकप्टरसँग ठोक्किएको पुष्टि गरेको हो ।
विमान धावनमार्गमा पुग्ने क्रममा उक्त घटना भएको बताइएको छ । उक्त विमानमा ६० यात्रु र चार जना चालक दलका सदस्य थिए भने सेनाको ब्ल्याक हक हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको सीसीटीभीप्लसको समाचारमा उल्लेख छ ।
बुधबार राति ९ बजेतिर यात्रुवाहक विमान र सेनाको हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’